पूर्वाञ्चल खबर
ब्राजिलियन फुटबल टिम चाफाकोएन्सका खेलाडीहरुसहित ८१ जना सवार विमान दुर्घटनामा परेको थियो । विमानमा सवार ७६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने पाँच जनाको जीवितै उद्धार गरिएको छ ।
जीवितै उद्धार गरिएकाहरुमा तीन फुटबलर पनि छन् । जीवितै उद्धार थरिएकाहरुमा फुटबल टोलीका गोलरक्षकहरु डानिलो र ज्याक्सन फोलमान र डिफेण्डर एलन रुसेल छन् ।
तीनै फुटबलर ब्राजिलका हुन् । पत्रकार रफायल हेन्जल र विमान चालक दलका सदस्य जिमिना स्वरेजको पनि जीवितै उद्धार गरिएको छ । अनलाइनखबर