AArya
RUMPUM
animated ellipse animated ellipse

बिआरसी भुटान अन्तिम चारमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ मंसिर २०७३, सोमबार १९:०२
3
Shares
१३ मंसिर,दुहवी/ फ्यान्स क्लब बिआरसी भुटान दुहवीमा जारी मनमोहन दुहवी गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ ।
उसले आज सोमवार सम्पन्न भएको क्वाटरफाइनल खेलमा मोरङ फुटबल क्लव मोरङलाई सडेन डेथमा ४–३ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो ।
निर्धारीत ९० मिनेटमा दुबै गोल रहित बराबरी र पेनाल्टी सुटआउटमा पनि दुवै ३–३ गोलको बराबरीमा खेल सकेपछि खेलको निर्णय सडेन डेथबाट भएको थियो ।
खेलको उत्कृष्ट खेलाडी बिआरसी भुटानका गोल रक्षक विनय श्रेष्ठलाई एन्फाका उपाध्यक्ष सन्तोष बानीयाले ट्रफी सहित नगद रु ५००० प्रदान गरेका थिए ।
मंंगलवारको अन्तिम क्वाटर फाइनल खेल रमपम ११ झापा र शेर फुटबल क्लब कालिङपोङ भारतबिच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर