AArya
RUMPUM
animated ellipse animated ellipse

सुरुङ्गा गोल्डकपको उपाधि एपीएफलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ मंसिर २०७३, शनिबार २०:५४
3
Shares

११ मंसिर, झापा । सशस्त्र प्रहरीको एपीएफ क्लब काठमान्डौं सुरुङ्गामा भएको सहारा सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।

उसले आज सम्पन्न फाइनल खेलमो रुपन्देही–११ लाई पेनाल्टि सुटआउटमा ५–३ गोल अन्तरले पराजित गरेको थियो । जितसँगै एपीएफले ३ लाख ५१ हजार १ सय ११ रुपैयाँ पाएको छ भने रुपन्देहीले २ लाख ५१ हजार १ सय ११ रुपैयाँमा चित्त बुझाएको छ ।

निर्धारित समयमा दुवै टिमले १–१को बराबरीमा खेल सकिएपछि खेलको निर्णय पेनाल्टि सुटआउटमबाट भएको थियो । एपीएफका लागि अञ्जन विष्ट, नविन लामा, आदित्य चौधरी, मिलन राई र सन्तोष कटुवालले गोल गरेका थिए ।

रुपन्देहीका विजय धिमाल, विक्रम लामा र रजिन धिमालले गरेको प्रहार गोलमा परिणत भएको थियो भने राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्ती मगर गोल गर्न चुक्दा रुपन्देही उप विजेतामका चित्त बुझ्न बाध्य भयो ।

यसअघि दोस्रो हाफको ६४ औं मिनेटमा एपीएफका राजेन्द्र रावलले पहिलो गोल गरे । आदित्य चौधरीको फ्रि–किकलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए । दोस्रो हाफको ७९ औं मिनेटमा रुपन्देहीका विमल घर्ती मगरले गोल गरि खेल बराबरीमा ल्याएका थिए ।सरोज कोइरालाको फ्रि किकमा रजिन धिमालले गरेको हेडलाई सदुपयोग गर्दै विमलले हेड टु हेडमा गोल गरेका थिए ।

खेलमा एपीएफका आदित्य चौधरी फाईनल खेलका म्यान अफ द फाईनल घोषित भए । उनले १५ हजार रुपैयाँ बराबरको एन्ड्रोइड फोन हात पारे । प्रतियागिताको सर्वोत्कृष्ट खेलाडी रुपन्देहीका विक्रम लामा भए । उनले २५ हजार रुपैयाँ बराबरको एन्ड्रोइड फोन पाए ।

अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले विजेता तथा उपविजेतालाई ट्रफि प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर