AArya
RUMPUM
animated ellipse animated ellipse

अनेमसंघ मोरङको अध्यक्षमा पुन राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ मंसिर २०७३, शनिबार १५:३६
3
Shares
११ मंसिर,विराटचौक / नेकपा (एमाले) को भगिनी संगठन अखिल नेपाल महिला संघ मोरङको अध्यक्षमा पुन कृष्ण राई सर्वसम्मत निर्वाचित भएकी छिन्
कोशीहरैचामा आज बिहान सम्पन्न संघको छैठौ जिल्ला सम्मेलनबाट राईको अध्यक्षतामा ४१ सदसिय जिल्ला समिति सर्वसम्मत रुपमा चयन गरिएको हो । संघको उपाध्यक्षमा विमला दाहाल घिमिरे र सरस्वती खरेल, सचिवमा टिका भट्टराई, सहसचिवमा मिरा दास, कोषाध्यक्षमा शिला दिक्षित कार्की चयन भएकी छिन् ।
त्यस्तै कार्यालय सचिवमा तिलकुमारी शर्मा चयन भएकी छ्न् । निर्वाचित सबैलाई अखिल नेपाल महिला संघकी केन्द्रिय कार्यवाहक अध्यक्ष गोमा देवकोटाले सपथ ग्रहण गराएकी थिइन् । सम्मेलनको हिजो नेकपा (एमाले) का महासचिव इश्वर पोखरेलले उद्घाटन गरेका थिए । नयाँ कार्य समितिको कार्यकाल ३ बर्षको रहने छ । मोरङ जिल्ला अनेम संघको ९ बर्ष पछि नयाँ कार्य समिति चयन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर