८ मंसिर, विराटनगर /लायन्स क्लब अफ विराटनगर शुभम्ले विराटनगरस्थित एम्स कलेजमा रक्तदान कार्यक्रम गरेको छ ।
नेपाल रेडक्रस सोसाईटी विराटनगरको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा कलेजमा अध्यनरत विद्यार्थी, प्राध्यापक र लायन्स क्लब अफ विराटनगरका पूर्व र वर्तमान पदाधिकारीले रक्तदान गरेका छन् ।
पछिल्लो समय रगतको अभाव देखिएकाले रक्तदान कार्यक्रम गरिएको आयोजक संस्थाका अध्यक्ष सपना रिजालले जानकारी दिइन् । कलेजमा भएको रक्तदान कार्यक्रम ३१ प्रिन्ट रगत संकलन भएको कलेजका प्राचार्य सिएम बस्नेतल जानकारी दिए ।