पूर्वाञ्चल खबर
७ मंसिर, झापा / मनाङ मस्याङ्दी क्लब काठमान्डौं सुरुङ्गामा जारी सहारा सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगिता अन्तिम चारमा प्रवेश गरेको छ ।
मनाङले सीएमजी सङ्कटा क्लब काठमान्डौंलाई १–० को झिनो अन्तरले पराजित गरेको छ । खेलको ५२ औं मिनेटमा मनाङका विदेशी खेलाडी ओलावालेले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।
मनाङका हेमन गुरुङ म्यान अफ द म्याच घोषित भए । बुधबारको पहिलो सेमिफाइनल खेल विभागिय टिम नेपाल पुलिस क्लब काठमान्डौं र अर्को विभागिय टिम सएपीएफ क्लब काठमान्डा बीच हुनेछ ।