ब्याडमिन्टनको उपाधी विकास श्रेष्ठ र निरज गुरागाँइलाई
पूर्वाञ्चल खबर
४ मंसिर २०७३, शनिबार २१:३३
3
Shares
४मंसिर,उर्लाबारी/ प्रथम उर्लाबारी–मंगलबारे ब्याडमिन्टन प्रतियोगिताको उपाधी बेलबारीका विकास श्रेष्ठ र निरज गुरागाँइले जितेका छन् ।
नेपाल ब्याडमिन्टन क्लबका उपमहासचिव लवभक्त श्रेष्ठले उनीहरुलाई नगद १५ हजार सहित ट्रफि र प्रमाणपत्र वितरण गरे । दमकका विष्णु अधिकारी र सोम तामाङ प्रतियोगिताको दोस्रो स्थान ल्याउदै नगद १० हजारमा चित्त बुझाए ।
विजेता श्रेष्ठ र गुरागाँँइँले दमकका विष्णु र सोमलाई २३–२१ र २१–१३ सोझो सेटमा पराजित गरी उपाधिमाथि कब्जा जमाउन सफल भए ।
बेलडाँगीका सुकबहादुर तामाङ र रमेश तामाङ तथा सितापुरीका विसन राई र सन्तोष राईलाई सेमिफाइनलमा प्रवेश गरे भन्दै ट्रफि र प्रमाण–पत्र प्रदान गरियो ।
उर्लाबारी–मंगलबारे ब्याडमिन्टन क्लब र मंगलबारे युवा समाजको संयुक्त आयोजनमा उर्लाबारीमा पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा पूर्वका विभिन्न ३४ जना ब्याडमिन्टन खेलाडीहरुको सहभागिता रहेको थियो ।
मंगलबारे अस्पतालमा आउने सहाराविहिन विरामीहरुको उपचार सहयोगार्थ आयोजना गरिएको सो प्रतियोगितामा हजारबढि दर्शकहरुको उपस्थिती रहेको थियो ।