खबर पूर्वाञ्चल
विराटनगर/विराटनगर अस्पताल देखा परेको समस्या २४ घण्टा भित्र सामधान नगरे आन्दोलन गर्ने नेपाल चिकित्सक संघले चेतावनी दिएको छ ।
आइतवार पत्रकार सम्मेलन गर्दै नेपाल चिकित्सक संघ कोशी अञ्चल साखाले २४ घण्टा भित्र समस्या सामधान नगरे अस्पतालका इमरजेन्सी बाहेकका सेवा बन्द गर्ने चेतावनी दिएको हो ।
अस्पतालमा आत्महत्या गरेका सुनसरी पूर्वी कुसाहका अनोज विश्वासको परिवारले अस्पतालसँग क्षतिपूर्ती माग गरेपछि तीन दिनयता अस्पतालमा तनाव छ । तत्काल अस्पतालको तनाव अन्त्य गरी काम गर्ने बातावरण समेत बनाउन संघले माग गरेको छ ।
संघका अध्यक्ष डा. फरवर्ड सिलवालले तत्काल समस्याको सामधान गरी काम गर्ने बातावरण सृजना गर्न माग गरे । अस्पतालबाट हाम्फालेर आत्महत्या गर्ने विरामीको जिम्मा डाक्टरले लिन नसक्ने बताउदै डा. सिलवालले तत्काल समस्याको सामधान गर्न माग गरे ।
अस्पतालबाट आत्महत्या गर्ने विरामीका आफन्तलाई क्षतिपूर्ती दिन नहुने सिलवालको भनाई छ । कुनै डाक्टरले विरामीलाई मृत्युको मुखमा नपू¥याउने बताउदै एसोसिएसन अफ प्राइभेट, हेल्थ एसोसिएसन नेपाल –एफिन) क्षेत्रिय अध्यक्ष डा. कैलाश श्रेष्ठले मतृकका आफन्त क्षतिपूर्ती दिए गलत नजिर बस्ने जिकिर गर्दै डाक्टरलाई काम गर्ने बातावरण सृजना गर्न माग गरे ।