खबर पूर्वाञ्चल
खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर / विराटनगर – ५ का विपिन ढकालको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जनालाई मोरङ प्रहरीले बिहिवार सार्वजनिक गरेको छ ।
ढकालको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर– १८ का सुरज मण्डल, २९ बर्षिय रोशन भन्ने सुरेश कटवाल, विराटनगर– ५ का २७ बर्षिय भिमबहादुर मगरलाई प्रहरीले सार्वजनिक गरेको हो ।
आइतवार राती इटा प्रहारबाट गम्भिर घाइते भएका ढकालको उपचारका क्रममा मंगलवार मृत्यु भएको हो । मादक पदार्थ सेवन गरी सामान्य विवाद हुदा सुरज मण्डलले इटा प्रहार गरेका थिए । इटा प्रहारबाट गम्भिर घाइते भएका ढकालको भारत सिलगुडी स्थित पारामाण्ट अस्पतालमा उपचारका क्रममा मंगलवार मृत्यु भएको हो ।