खबर पूर्वाञ्चल
काठमाडौं,कार्तिक १४/ प्रत्येक वर्ष १० देखि १५ प्रतिशत फूल उत्पादन हुने गरे पनि यस वर्षको तिहारका लागि गत वर्षभन्दा ५० हजार बढी फूलको माला आयात गरिएको छ । अघिल्लो वर्ष एक लाख ५० हजार माला आयात गरिएको थियो ।
यसवर्ष तिहारमा भारतबाट रु ६० लाख मूल्य बराबरको दुई लाख सयपत्री फूलको माला ल्याइएको फ्लोरिकल्चर एसोसियसनका अध्यक्ष कुमारकसजु श्रेष्ठले बताए । ‘बजारमा मूल्य नियन्त्रणका लागि पनि भारतीय माला आवश्यक छ’–श्रेष्ठले भने, ‘थोरै अभाव भएमात्रै पनि बजारमा बिचौलियाले फूलको मूल्य अत्यधिक बढाउछन् र उपभोक्ता बढी मूल्य तिर्न बाध्य हुन्छन् ।’