animated ellipse animated ellipse

मादल बनाउँदा ‘मालामाल’

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ कार्तिक २०७३, मंगलवार २०:२९
3
Shares
मादल बनाउँदै चन्दन दास

अनिल श्रेष्ठ
विराटनगर/  तिहार आउन धेरै दिन बाकी छैन । दिपहरुको चाड तिहारलाई रमाइलो बनाउन सवै आफ्नै योजना बनाउन व्यस्त छन् ।

रमाईलो पर्वको रुपमा मनाइने तिहार पर्व नजिकिएसँगै विराटनगर – ६ का चन्दन दासलाई मादल बनाउन अहिले भ्याइन नभ्याइ छ । विराटनगर मुनालपथमा रहेको चन्दन रिपेयरिङ्ग सेन्टरमा विहान उठेदेखि साँझ अबेरसम्म मादल बनाउन दास व्यस्त रहन्छन् ।

अरुबेला औसत दिनमा १÷२ वटा मादल बनाउँदै आएका दासले अहिले दैनिक ५ देखी ८ वटासम्म मादल बनाउन आउने गरेको बताउछन् । तिहारमा देउसी भैलो खेल्न मादल अनिवार्य जस्तै हुन थालेपछि अहिले थन्काएर राखिएको मादलहरु बनाउन रिपेयरिङ्ग सेन्टरमा ल्याउने गर्दछन् ।

बावु बाजेको पालादेखि सिकेको पेशालाई अंगाल्दै चन्दनले यो पेशा अपनाएको तीन दशक बढी भएको बताउछन् । हारमोनियम, ढोलक, मादल, गितार, नाल, मर्दिङ्ग, तवला र डुगी जस्ता मनोरञ्जनको सामाग्रीहरु बनाउँदै आएका दासलको पसलमा तिहार पर्व भित्रिदै गर्दा सबैभन्दा बढी मादल बनाउन आउने गरेको उनले जानकारी दिए ।

पूर्वी काकरभिट्टदेखि पश्चित इनरुवासम्मका पारखीहरु बिग्रीएको मादल बोकेर दासको पसलमा आउने गरेको छन् । केही भारतीय कालीगडहरुले चाडपर्वको समयमा कमसीयल तरिकाले फटाफुट बनाए पनि आफनै सिर्जनशील हातले आकर्षण मादल बनाउन दास र उनका बुवा मन्टु यहाँ एक्लो हुन ।

मादल बनाउने ठाउँमा एका विहानै आएर राती अवेर सम्म विभिन्न प्रकारको सामनहरु बनाउन व्यस्त हुन्छन् । यो वेला साथी भाइ, छरछिमेक आउँदा समेत गफगाफ गर्ने पूर्सद नमिल्ने गरेको दास बताउछन् । दासले एउटा पुरानो मादलको दुबै पट्टीको खरी लगाएर मर्मत गरेको २ सय देखि तीन सय रुपैया सम्म ज्याला लिने गरेका छन् । कुनै पनि ग्राहकले मादल बनाउने अर्डर आए दासले नयाँ मादल समेत बनाउने गरेका छन् ।

दिपावलीमा पर्वमा बढी देउसी भैलोमा युवाले बढी प्रयोग गर्ने मादल बनाउने दासको काम बह्रैमास यस्तै भए पनि यो समयमा बढी मादल बनाउन आउने गर्दछन् । दासको अनुसार अहिले दैनिक एक हजार देखि तीन दुई हजार रुपैया सम्म आम्दानी हुने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर