animated ellipse animated ellipse

विराटनगर जुट मिल भत्कन थाल्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ कार्तिक २०७३, बुधबार २०:२२
3
Shares

खवर पूर्वाञ्चल सम्वाददाता
विराटनगर/विराटनगर जुट मिलको भवन भत्कन थालेको छ । मर्मत सम्रक्षणमा चासो नदिदा भवन भत्कन थालेको हो । ८१ बर्ष पूरानो मिलको मेकानिकल डिपार्टको करिव २० मिटर छत भत्किएको छ ।jut-milकेहि दिन अगाडि मिलको मेकानिकल वर्मिङ डिपार्ट भवनको पश्चिम पट्टीको छत भत्किएको हो । विराटनगर जुट मिल सञ्चालक समिति सदस्य राजेन्द्र कार्कीका अनुसार मेकानिकल वर्मिङ डिपार्टको पश्चिम पट्टीको २० मिटर छत झरेको हो ।

पानी पर्दा रसाउने भवनको छत केहि दिन अगाडि भत्किएको थाहा पाएको उनले जानकारी दिए । ‘ जिर्ण भएकै कारण छत झरेको हो । उनले भने ‘ मिल चलेको भए बेलैमा मर्मत हुन्थ्यो होला ।’img_20161016_133654सन १९३६ सालमा स्थापना भएको विराटनगर जुट मिल बन्द अवस्थामा छ । राजनीतिक हस्तक्षपका कारण टाट पल्टिएको जुट मिल सञ्चालनकालागि भारत कलकताको व्यीसन इन्टरनेशनल कम्पनीले २५ बर्षकालागि भाडामा लिएको थियो । तर सो कम्पनीले पनि २०७१ भदौ १९ गते देखि मिल बन्द गरेको छ । २५ बर्षकालागि मिल भाडामा लिएको कम्पनीले ११ महिना १९ दिन मिल सञ्चालन गरेर बन्द गरेको थियो ।

ठेक्का लिएको कम्पनीले नेपाल पक्षबाट सम्झौता पूरा नभको भन्दै काम बन्द गरेको कार्कीले जानकारी दिए । उनका अनुसार नेपाल सरकारको तर्फबाट ठेकेदार कम्पनीलाई ३३ केटिभए डेडिकेडेट फिडर जोडदिने सम्झौता भएको थियो । तर ११ महिना मिल सञ्चालन गरेको कम्पनीले डेडिकेडेट फिडर नजोडदा घाटा भएको भन्दै मिल बन्द गरेर हिडेको हो ।

ठेक्का लिएको कम्पनी काम गर्न इच्छुक भएपनि नेपाल पक्षबाट डेडिकेडेट फिडर जोडने कार्य अघि नबढेको कार्कीको भनाई छ । जुटमिल सञ्चालक समितिले फिडर जोडनकालागि पहल गरेपनि विद्यूत प्राधिकरणले मानेको थिएन । ‘ ३३ केभिए जोडन माथिल्लो तहबाट पहल गरिनु पर्छ ।’ उनले भने ‘ तर अझै काम अघि बढन सकेको छैन ।’

मिल बन्द हुदा सञ्चालक समितिलाई बार्षिक एक करोड ३५ लाख घाटा हुन्छ । ठेकेदार कम्पनीले सञ्चालक समितिलाई बार्षिक एक करोड ३५ लाख भाडा दिने सर्तमा मिल सञ्चालन गरेको थियो । तर मिल बन्द भएका कारण सो रकमपनि रोकिएको छ । सम्झौतामा नै सञ्चालन भएमात्र भाडा पाउने उल्लेख भएका कारण घाटा बढेको हो ।

ठेक्का ताडेर सरकार आफैले मिल सञ्चालन गर्ने अवस्था पनि नरहेको कार्कीले बताए । सरकारले २०६५ सालमा नै मिलका तीन हजार मजदुरलाई गोल्डेन हेन सहित विदा गर्दै मिल सरकारले नचलाउने तर ठेक्का दिएर सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यस बखत ५५ करोड ९२ लाख रुपैया मजदुरलाई निवृति भरण बापत प्रदान गरिएको थियो ।

विस २००७ सालको प्रजातान्त्रिक आन्दोलनको आधार भूमि मानिने मिलको ऋण मात्र ३ अर्ब २० करोड छ । जुन रकमको व्याज समेत तिर्न सकेको छैन मिलले । मिलको बार्षिक आम्दानीले ऋणको व्याज मात्र तिर्न सक्ने अवस्था छ ।

२०३८ साल देखि मिलको बक्यौता बाकी छ । सञ्चालक समितिका कार्की भन्छन् ‘ २०३८ सालमा नेपाल बैकबाट लिएको एक करोड ५१ लाख ऋणको सावा व्याज गरी एक अर्ब ७५ करोड पुगेको छ । जुन रकम मिलले तिर्न सक्ने अवस्थामा छैन ।’ मिलको २०४५ सालमा उदयपूर सिमेन्ट उद्योगबाट लिएको २५ लाख रुपैया समेत तिरेको छैन । त्यस्तै २०३६ साल यताको लगभग १६ राजस्व तीर्न बाकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर