उर्जा क्षेत्रको क्रान्ति नगरी औद्योगिक विकास नहुने-उर्जामन्त्री शर्माले

११ फाल्गुन २०७३, बुधबार १९:०५ विराटनगर,फागुन ११ /उद्योग संगठन मोरङको आयोजनमा कृषि तथा औद्योगिक प्रदर्शनी विराट एक्स्पो २०७३ विराटनगरमा सुरु भएको छ । उर्जामन्त्री जनादर्न शर्माले बुधबार उदघाटन गरेको एक्स्पो एक सातासम्म सञ्चालन हुने आयोजकले जनाएको छ । एक्स्पोको उदघाटन गर्दै मन्त्री शर्माले आर्थिक विकासको लागि अहिलेको संविधानले मार्ग प्रस्त गरेको बताए । संविधानले समाजवाद उन्मुख मुलुकको कल्पना गरेको बताउँदै […]

भैसि पालन तालिम सम्पन्न

११ फाल्गुन २०७३, बुधबार १८:१६ रबिन्द्र बराल रंगेली ,फागुन ११ / मोरङको रंगेली नगरपालिका ८ स्थित आपगाछिमा भैसि पालन तालिम सम्पन्न भएको छ । जिल्ला पशुकार्यालयको सहयोग र कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा २ दिने भैसि पालन तालिम आज सम्पन्न भएको हो । तालिमले भैसि पालन गर्दे आएका ५० जाना कृषकहरु लाभान्वित भएका छन । यस सहकारीले ग्रामीण भेगमा कृषिबाट गुजारा […]

कृषि प्रदर्शनि सम्पन्न

१५ माघ २०७३, शनिबार २१:३१ विराटनगर, माघ १५ /कृषकहरुलाई कृषिमा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले मोरङको बनिगामामा तिन दिने कृषि प्रदर्शनि आज सम्पन्न भएको छ । विहिबारदेखि सुरु भएको प्रदर्शनिमा विभिन्न आठ वटा समुह बनाएर उत्कृष्ट उत्पादन गर्ने ६८ जना कृषकहरुलाइ सम्मान गरिएको छ । हरेक बर्ष जिल्ला कृषि विकास कार्यालय मोरङले आयोजना गर्ने मेलामा जिल्लाभरीका २७ वटा गाविसका कृषकहरुले कृषि […]

सिमसाग फलाएर घर खर्च

२९ पुष २०७३, शुक्रबार १९:३० २९ पुस धनकुटा/ धनकुटाको भेडेटारस्थित सिम्सुवा गाउँका महिलाले लेउती र सिम्सुवा खोलाको अनुत्पादक बगरमा सिमसाग फलाएर घर खर्चको जोहो गर्न थालेका छन् । कोशि राजमार्गको धरान–मुलघाट खण्डमा पर्ने सिम्सुवा गाउँका २६ परिवारले खोलाको करिब ८० रोपनी जमिनमा सिमसाग खेति गरेका छन् । खोलाको बगर र जरुवा क्षेत्रबाट संकलन गरिएको सिमसाग सिम्सुवा र भेडेटारमा खुलेका होटलका […]

वेमौसमी तरकारी खेती तालिम सम्पन्न

२९ पुष २०७३, शुक्रबार १८:२९ रबिन्द्र बराल २९ पुस रंगेली मोरङको बुधनगरमा सञ्चालित तिन महिने निशुल्क बेमौसमी तरकारी खेती तालिम शनिवार सम्पन्न भएको छ । सि.टि.इ.भि.टि. तथा शिप विकास परियोजनाको आर्थिक सहयोगमा शैलजा आचार्य स्मृती पोलिटेक्नीकको आयोजनामा सञ्चालित तालिम सम्पन्न गरिएको हो । बेमौसमी तरकारी खेती बाट ठुलो आर्थिक लाभ लिन सकिने हुदा त्यस क्षेत्रका कृषकहरुलाई स्वरोजगार बनाउने उदेश्यका साथ […]

विदेश छाडेर तरकारी खेतीमा

२७ पुष २०७३, बुधबार १९:१९ विनु तिम्सीना २७ पुस,विराटनगर/ मोरङ कटहरीका रुपनारायण मण्डल सात वर्ष मलेसिया बसेर यसै वर्ष नेपाल फर्केका हुन् । सात वर्ष मलेसियामा दुःख गरेर बिताएका उनी यस वर्ष नेपाल आएपछि फेरि विदेश गएनन् । स्वदेशमा नै बसेर तरकारी खेती गर्ने निर्णय गरे । उनका बुबा पनि कृषक नै हुन् । सात बर्ष विदेश बसेर फर्केपछि बुवाले […]

यूवाहरु तरकारी खेतीमा आक्रसीत

२६ पुष २०७३, मंगलवार २०:५२ २६ पुस,विराटनगर / सरकारले तरकारी खेती गर्ने कृषकलाई प्रोत्साहित गरेपछि मोरङमा धेरै युवाहरु व्यावसायिक तरकारी खेतीमा लागेका छन् । तरकारीका लागि परनिर्भर बनिरहन परेकाले र वैदेशिक रोजगारीमा युवालाई जानबाट रोक्न नेपाल सरकारले चालु आर्थिक वर्षमै युवाका लागि लक्षित व्यावसायिक तरकारी उत्पादन कार्यक्रम लागू गरेको छ । कार्यक्रम लागु भएपछि १ हजार १ सय भन्दा बढी […]

नहर मर्मत संभार एंव व्यवस्थित भएसंगै नहरमा सहज रुपले सिचाई

२३ पुष २०७३, शनिबार १९:४९ २३ पुस, सुनसरी/ सुनसरी मोरंङ सिचाइ योजनाले सहज रुपले सिचाई पुु¥याउन मर्मत संभार एंव नहर व्यवस्थित गरेसंगै पुुर्वका ६८ हजार हेक्टर जग्गामा सहज रुपले सिचाई पुुग्न थालेको छ । योजनाले ५३ किलोमिटर मुुलनहर तथा शाखा नहर मर्मत सभारको काम सम्पन्न गरेपछी मोरङ र सुनसरी जिल्लामा झन सहज रुपले सिचाई पुुगेको हो । चतरादेिख झमनपुुरसम्मको मुुल […]

खाद्य मेलामा २० लाख भन्दा वढिको कारोवार

१६ पुष २०७३, शनिबार १९:३२ १६ पुस विराटनगर /परम्परागत, पोषिला खाद्यय पदार्थको प्रवद्वन गरौं, असल पोषणका लागि खाने वानीमा सुधार गरौं भन्ने नाराका साथ विराटनगरको हाट खोलामा लागेको दुई दिने खाद्य मेलाको १० हजार जना भन्दा वढिले अवलोकन गरेका छन् । मेलामा २० लाख भन्दा वढिको कारोवार भएको आयोजक क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले जनाएको छ । […]

सरकारले तोकेको मुुल्यमा धान खरिद गर्ने

१४ पुष २०७३, बिहीबार १९:०३ १४ पुस,विराटनगर/ कृषकले धानको उचित मुुल्य नपाई रहेको अवस्थामा नेपाल खाद्यय संस्थान अञ्चल कार्यालय विराटनगरले सरकारले तोकेको मुुल्यमा धान खरिद गर्ने भएको छ । कार्यालयले कृषकलाई उचित मु्ुल्य दिएर ५ हजार क्विन्टल धान खरिद गर्न लागेको हो । मोरङका प्रमुुख जिल्ला अधिकारीको अध्यक्षतमा जिल्ला प्रसासन कार्यालयमा वसेको वैठकले सो निर्णय गरेको हो । कार्यालयले मोरङ […]

1 86 87 88