असाहय बालवालिका पढाउदै विद्यार्थी(भिडियो सहित)

९ मंसिर २०७३, बिहीबार १५:०९ पुष्पराज थपलिया ९ मंसिर,विराटनगर/ वरीपरी साना साना त्रिपालको छाप्रो । छेउमा एउटा आँपको बुढो रुख । रुखमा झुण्ड्याइएको एउटा सेतो बोर्ड । रुख वरीपरी बोरा ओछ्याएर बसेका साना केटा केटी । झट्ट हेर्दा पूरानो शिक्षण सैली, पाठसालाको झझल्को दिने दृष्य अरु काहीको नभई विराटनगर–१४ मा भानु मेमोरियल स्कूल पछाडि अमलाबारीको खाली जमिनमा देखिएको हो । […]

एम्स कलेजले नव आगन्तु विद्यार्थीहरुलाई स्वागत गर्यो

९ मंसिर २०७३, बिहीबार ०९:२९ ९ मंसिर, विराटनगर / विराटनगरमा १४ मा रहेको एम्स कलेजले नव आगन्तु विद्यार्थीहरुलाई लक्षित गरी एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ । कलेजले सञ्चालन गरेको १५ औ ब्याच विविएस र चौथो ब्याच विएससि सीएस आइटिमा प्रथम बर्षमा भर्ना भएका विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो । प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका पूर्व डिन विजु थपलिया,पूर्वाञ्चल […]

एम्स कलेजमा रक्तदान

८ मंसिर २०७३, बुधबार २१:०४ ८ मंसिर, विराटनगर /लायन्स क्लब अफ विराटनगर  शुभम्ले विराटनगरस्थित एम्स कलेजमा रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाईटी विराटनगरको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा कलेजमा अध्यनरत विद्यार्थी, प्राध्यापक र लायन्स क्लब अफ विराटनगरका पूर्व र वर्तमान पदाधिकारीले रक्तदान गरेका छन् । पछिल्लो समय रगतको अभाव देखिएकाले रक्तदान कार्यक्रम गरिएको आयोजक संस्थाका अध्यक्ष सपना रिजालले जानकारी […]

एसबीएससी सिंङ्गीन स्टारको सेमिफाइलनमा ४० जना

८ मंसिर २०७३, बुधबार १९:३५ ८ मंसिर,विराटनगर/ एसबीएससी सिङं्गीन स्टार सिजन–थ्रीको सेमिफाइनलमा ४० जना छनौट भएका छन् । विराटनगरको इष्टउड इन्टरनेशनल एकाडेमिमा भएको क्वाटरफाइनलबाट उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने प्रतियोगिलाई सेमिफाइलको लागि छनौट गरिएको हो । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था विराटनगरको आयोजनामा भएको प्रतियोगिताको फाइनल पुस ९ गते विराटनगरमा हुने भएको छ । ‘आजव तपाई, रौरव राष्ट्रको, देन […]

महेन्द्र माविको अध्यक्षमा नागेश

७ मंसिर २०७३, मंगलवार १७:२६ ७ मंसिर,विराटनगर/ विराटनगर–११ मधुमारास्थित महेन्द्र माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नागेश कोइराला चुनिएका छन् । अभिभावकहरुको भेलाले मंगलबार कोइरालाको नेतृत्वमा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । कोइराला मोरङ कांग्रेसका सचिव समेत हुन् । राजनीति र समाजसेवामा सक्रिय कोइरालाले विद्यालयको गुणस्तर बढाउन आफूले काम गर्ने बताए । त्यस्तै रामप्रसाद मुखिया, दिनेशकुमार राय, […]

मार्टसमा खाद्य प्रर्दशनी

६ मंसिर २०७३, सोमबार १५:५६ ६ मंसिर, विराटनगर/ विराटनगर–१३ मा रहेको मार्टस मेमोरियल उच्च माध्यामिक विद्यालयमा खाद्य प्रर्दशनी(फुड फेस्टीबल) सोमबार सम्पन्न भएको छ ।स्कूलको प्राङ्गमा सम्पन्न भएको फेस्टीबलमा स्कूलमा कक्षामा अध्ययनरत विद्यार्थीहरुले बनाएको विभिन्न खाद्य परिकारहरुको पर्दशनी गरिएको स्कूलका प्राचार्य विजय डाँगीले बताए । यस्तो पर्दशनीले केटाकेटीमा जँग फुडभन्दा घराइसी खाने कुरा प्रति रुचि बढ्ने स्कूलका संस्थापक रोशन ठाकुरले बताएका […]

शिक्षादिप कलेजमा प्रहरीको चेतनामुलक कार्यक्रम

५ मंसिर २०७३, आईतवार २०:५६ ५ मंसिर, विराटनगर/ “प्रहरी मेरो साथी” को ब्यानर मुनि संचालन गरिने प्रहरी र नागरिक हातेमालो कार्यक्रम अन्तर्गते बिराटनगर १४ मा रहेको शिक्षादिप कलेजमा आज चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरबाट खटिएका प्रहरी टोलीले कलेजमा कक्षा १२ मा पढ्ने छात्र र छात्राहरुलाई लागूऔषध दुर्व्यसनी, घरेलु तथा महिला हिंसा, लगायतका विषयमा प्रशिक्षण […]

वुढानिलकण्ठ स्कुलमा सांस्कृतीक प्रदर्शनी

४ मंसिर २०७३, शनिबार १९:०५ ४ मंसिर, विराटनगर /विराटनगर–३ मा रहेको वुढानिलकण्ठ अग्रेजी मा. वि. मा दोस्रो त्रैमासीक परीक्षाको परीक्षाफल वितरणको अवसर पारेर “फरक धर्म भाषा र संस्कृती हाम्रो पहिचान, विश्वमा नै उठाएको छ नेपालीको शान ” भन्ने नाराका साथ नेपालमा कमै देखिएका जात–जातीहरुको संस्कृती झल्कने स्टल तयार गरिएको छ । आठ विभिन्न जातीका समुदायका संस्कृती झल्कने भेषभुषा, खानेकुरा, रहन […]

मेरिल्याण्ड कलेज बिराटनगरमा बेलायती विश्वबिद्यालयका पदाधिकारी

१ मंसिर २०७३, बुधबार २१:३१ १ मंसिर ,बिराटनगर बेलायतको १ सय ८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा (बिबिए) संचालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजमा बेलायतको युनिभर्सिटी अफ वल्भरह्यामटन साथै बेलायतको शिक्षा क्षेत्रको गुणस्तरीयता मापन समितिको टोलीले भ्रमण गरेको छ । भ्रमणको क्रममा विश्वबिद्यालयका पदाधिकारीले कलेजमा बिद्यार्थीहरुका लागि रहेको […]

मेरिल्याण्डमा अभिमुखीकरया कक्षा सम्पन्न

२६ कार्तिक २०७३, शुक्रबार १६:११ खबर पूर्वाञ्चल सम्वाददाता बिराटनगर कार्तिक २६ / बेलायतको १ सय ८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा (बिबिए) संचालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजमा आज तेस्रो ब्याचका बिद्यार्थीका लागि अभिमुखीकरण सम्पन्न भएको छ । कलेजमा आज आयोजित कार्यक्रममा नयाँ भर्ना भएका बिद्यार्थीहरुका लागि कलेजमा […]