बाम एकता : समाजबाद को लागि वा सत्ता दाउपेचको हतियार ?
१८ आश्विन २०७४, बुधबार २०:२४ गणेश उप्रेती (शुशिल ) हजारौ विश्लेषणहरुको अध्ययन पश्चात एउटा तथ्य सजिलै भन्न सकिन्छ कि एक्लै सक्ने भए आजका मितिसम्म एमालेले एक्लैको बहुमतको सरकार चलाउनुपर्ने थियो । माओवादी चुनवाङ्गको गोरेटोबाट १२ बुँदेमा नआइ युद्ध तोप र ट्याङ्गको घेरा भित्र हसिया हथैडाको रातो झण्डा बोकेर सिंहदरवारका एमानको पर्खाल भत्काउँदै, नारायण हिटी चकनाचुर पारेर १९ औं र २० […]