रोम विधान अनुमोदन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

१ श्रावण २०७५, मंगलवार १८:३३

विराटनगर / अन्तराष्ट्रिय न्यायदिवसको अवसर पारेरर मोरङका विभिन्न संघसंस्थाले रोम विधान अनुमोदन गर्न आग्रह गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्रबुझाएका छन् । अधिकारको क्षेत्रमा काम गर्ने एक दर्जन संघ सस्थाले संयुक्त रुपमा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाललाई अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधानको पक्ष राष्ट्र बनाउन आग्रह गर्दै ज्ञापनपत्र पठाएका हुन् । …

धनपालथान गाउपालिकाको ६ नम्वर वडा खुल्ला दिसामुक्त घोषणा

१ श्रावण २०७५, मंगलवार १७:४८

विराटनगर / मोरङको धनपालथान गाउपालिकाको ६ नम्वर वार्डलाई आजदेखि खुल्ला दिसामुक्त वार्ड घोषणा गरिएको छ । धनपालथानको दादरवैरियामा आज एक कार्यक्रमको आयोजनागरी सो वार्डलाई खुला दिसामुक्त वर्डा घोषणा गरिएको हो । कार्यक्रममा वडा अध्यक्ष मोहमद्ध हुसेनले आजदेखि ६ नम्वर वडा खुला दिसामुक्त भएको घोषणा गरे । १ हजार ५ सय ३५ घरधुरी रहेको सो वडाको …

मोरङमा साउन १ गतेदेखि ट्राफिकको नयाँ नियम

३२ असार २०७५, सोमबार १७:५२

विराटनगर / सार्वजनिक सवारी साधनलाई ट्राफिक नियम पालना गराउन मोरङ प्रहरीले कडा कदम चाल्ने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । साउन १ गतेदेखि विराटनगरको मुख्य बजार ट्राफिक चोकदेखि जलजला मोडसम्म पार्कीङ निषेध गरिएको छ । मुख्य बजार क्षेत्रमा एकतर्फी पार्कीङ हुदै आएको थियो । …

शिक्षादीप कलेज गर्यो नव आगन्तु विद्यार्थीलाई अभिमुखि गोष्टी

३२ असार २०७५, सोमबार १५:५१

विराटनगर / विराटनगरमा रहेको शिक्षादीप कलेजले ११ औ ब्याचका विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण आज सम्पन्न गरेको छ । गुणस्तरीय शिक्षा र कलेजको बारेमा भर्ना भएका कक्षा ११ विज्ञान संकायका विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो । कार्यक्रमका प्रमुख अतिथी नेम्सका सीईओ डा. नविन शर्मा, विराटनगर महानगर पालीकाका प्रमुख भीम पराजुली कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, विज्ञान …

महानगरले बढाएको कर तत्काल सच्याउनु पर्ने माग

३२ असार २०७५, सोमबार ०९:०५

विराटनगर /विराटनगर महानगरपालिकाले नगरसभाको बैठक पछि विभिन्न शिर्षकमा बढाएको कर तत्काल सच्याउनुपर्ने माग राख्दै नेपाल कम्यूनिष्ट पार्टी विराटनगर समिति ज्ञापनपत्र बुझाएको छ । साउन ७ गतेसम्मको हदम्यादसहित बुझाइएको ज्ञापनपत्रमा पछिल्लो समय नगरसभाले बृद्धि गरेको १ हजार प्रतिशतसम्मको कर तत्काल सच्याउनु पर्ने माग अगाडी सारिएको छ । निर्वाचित भएर एकवर्षसम्मका कामको प्रगति विवरण सार्वजानिक गरेको भोलिपल्ट …

३० हजार घूससहित नायब सुब्बा पक्राउ

३१ असार २०७५, आईतवार २०:३४

विराटनगर / भूमिसुधार कार्यालय मोरङका नायब सुब्बा दामोदर खतिवडा घूस लिँदै गर्दा नगदसहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीमा कार्यरत प्रहरी निरीक्षक राजन कार्कीसहितको टोलीले आज विराटनगर कार्यालयबाटै पक्राउ गरेको हो । उनले मोहियानी हक मिलाई दिने प्रलोभन देखाई सेवाग्राहीसँग घूस लिएका थिए । विशेष सूचनाको आधारमा नायव सुब्बा खतिवडालाई अख्यितारको …

हटिया व्यवस्थापन कञ्चनवारीवाट उपयुक्त स्थान खोज्दै वडाध्यक्षहरु

३१ असार २०७५, आईतवार १८:२३

विराटनगर / विराटनगरका सडकमा साप्ताहिकरुपमा लाग्दै आएको हाटबजारलाई व्यवस्थित वनाउने अभियानको शुरुवात वार्ड नं ४ वाट गरिएको छ । कञ्चनवारी पश्चिम नोवेल हस्पिटल जाने सडकमा शुक्रवार हाट लाग्दै आएको थियो । हाटलाई व्यवस्थित गर्न सडक छेउमा रहेको खाली जग्गालाई मिलाउने काम आजदेखि शुरु गरिएको छ । व्यवस्थित वजारका लागि सडको छेउमा रहेको झण्डै १ विगाहा …

महानगरपालिकाले एक वर्षको प्रगति सार्वजनिक ग¥यो

३० असार २०७५, शनिबार १७:१७

विराटनगर/जनप्रतिनिधी आएको एक वर्ष पुरा भएपछि विराटनगर महानगरपालिकाले गरेको कामको प्रगति सार्वजनिक गरेको छ । महानगरपाकिालले आज विराटनगरमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । महानगरका प्रमुख भीम पराजुलीले ३७ लाखको लागतमा वीरेन्द्र भागृह मर्मत र महानगरपालिकाको सभा हल निर्माण कार्य सम्पन्न गरेको जानकारी दिए । त्यस्तै सभागृह छेउमा रहेको इको पार्कको निर्माण कार्य सम्पन्न …

किरात प्रदेश’ नाम राख्न मुख्यमन्त्रीलाई स्मरणपत्र

२९ असार २०७५, शुक्रबार २१:०४

विराटनगर / एक नम्बर प्रदेशलाई ‘किरात प्रदेश’ नामाकरण गर्न माग गर्दै किरात राई यायोक्खाले मुख्यमन्त्रीलाई स्मरण पत्र बुझाएको छ । प्रदेश नं. १ लाई ‘किरात प्रदेश’ नामाकरण गर्न भन्दै किरात राई यायोक्खा जिल्ला कार्य समिति मोरङले आज एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई स्मरण पत्र बुझाएको हो । प्रदेश नम्बर १ को भुगोल – किराती …

अर्किडमा अभिमुखिकरण

२९ असार २०७५, शुक्रबार १६:३५

विराटनगर / विराटनगर–१० सन्सारी मन्दिर नजिकै रहेको अर्किड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई अभिमूखिकरण गरेको छ । कलेजमा भर्ना भएका ११ औं ब्याचका नयाँ विद्यार्थीहरुलाई शुक्रबार अभिमुखीकरण गरेको हो । कार्यक्रममा हिसान मोरङका अध्यक्ष बलराम पन्त, अर्किड कलेज प्रिन्सिपल दिपेश बास्तोला, एन प्याब्सनका केन्द्रीय सदस्य राजन छाराहाङ, शिक्षक चुडामणी नेपाललगायतले कलेजको बारेमा विद्यार्थीलाई …

1 2 3 291