मनाङ उपाधि नजिक

१६ मंसिर २०७३, बिहीबार १८:५८ १६ मंसिर, दुहवी/ मनाङ मस्याङदी क्लब काठमाण्डौ सुनसरीको दुहवीमा जारी मनमोहन दुहवी गोल्डकपको उपधि नजिक प्रवेश गरेका छ । मनाङले बिहिवार सम्पन्न अन्तिम सेमी फाइनल खेलमा रमपम झापा ११ लाई २–१ गोल अन्तरले पराजित गरी फाइनलको यात्रा गरेका हो । मनाङले शनिबार हुने फाइनल खेलमा विभागिय टोलि त्रिभुवन आर्मी क्लब काठमाण्डौसँग प्रतिपर्धा गर्ने छ । …

डा.केसीको जीवनरक्षाको माग गर्दै आन्दोलन

१६ मंसिर २०७३, बिहीबार १८:४१ १६ मंसिर विराटनगर /डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै विराटनगरस्थित कोशी अञ्चल अस्पतालका डाक्टर र कर्मचारीहरु पनि आन्दोलित भएका छन् । डा.केसीको जीवनरक्षाका लागि लडौं, केसीका मागहरु पूरा गर्न सरकार गम्भीर हुनुपर्ने लगायतका नारा लगाउँदै डाक्टर र कर्मचारीहरुले कोशी अञ्चल अस्पताल परिसरमा १० बजेदेखि १ घण्टा धर्ना दिए । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै …

मधेशी मोर्चाको माग सम्बोधन भएन्

१६ मंसिर २०७३, बिहीबार १८:२३ १६ मंसिर विराटनगर /तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले पनि सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावले मधेशी मोर्चाको माग सम्बोधन नगरेको बताएका छन् । विराटनगरमा बिहिबार संचारकर्मीसँग कुराकानी गर्दै महामन्त्री सोनलले सरकारले मधेशी मोर्चासँग कुनै छलफल नगरी ल्याएको संशोधन प्रस्तावलाई यथास्थितीमा स्वीकार्न नसकिने बताए । उनले अहिलेको संशोधनलाई सच्याएर अर्को प्रस्ताव ल्याउन सरकारलाई आग्रह समेत …

दलहरु मिलेर अघि बढे मुलुकले निकास पाउँछ -नेता आचार्य

१६ मंसिर २०७३, बिहीबार १८:१५ १६ मंसिर,विराटनगर/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मुलुकको राजनीतिक निकासका लागि सबै दल मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । कांग्रेस नेता भीमबहादुर तामाङको चौथौ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ ले विराटनगरमा विहिबार आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले सबै मिलेर अघि बढेमात्रै जारी राजनीतिक गतिरोध अन्त्य भई …

संशोधनको विरोधमा प्रदर्शन

१६ मंसिर २०७३, बिहीबार १८:०६ १६ मंसिर,विराटनगर/ एमाले भातृ संगठन युवा संघ नेपाल र अनेरास्ववियु मोरङले संविधान संशोधनको विरोध गर्दै विहिबार विराटनगरको जनआन्दोलन चौकमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरुले सरकार विरोधी नारा लगाउँदै संशोधन प्रस्ताव फिर्ता लिन माग गरेका छन् । उनीहरुले नालायक सरकार राजीनामा दे, राष्ट्रघाती संविधान संशोधन दर्ता फिर्ता गर, नेकपा एमाले जिन्दावाद भन्दै नाराबजी गरे । …

मोरङमा सीमाक्षेत्र विकास कार्यक्रम सञ्चालन

१६ मंसिर २०७३, बिहीबार १३:५७ १६ मंसिर, विराटनगर/सीमाक्षेत्र विकास कार्यक्रम मोरङमा सञ्चालन हुन थालेको छ। मोरङका स्थानीय विकास अधिकारी शोभाखर रेग्मीका अनुसार तराईका जनतालाई फाइदा पुग्ने गरी सरकारले ल्याएको सीमाक्षेत्र विकास कार्यक्रम सीमावर्ती १२ वटा गाउँ विकास समिति र विराटनगर उपमहानगरपालिकाका भारतीय सीमासँग जोडिएका वडा नं २०, २१ र २२ मा कार्यक्रम सञ्चालन भएको हो। मोरङको वुधनगर, मझारे, भातिगच्छ, सोराभाग, …

संविधान संशोधन प्रस्ताब राष्ट्रको हितमा – मन्त्री गच्छदार

१६ मंसिर २०७३, बिहीबार १३:३६ १६ मंसिर, विराटनगर/ श्रम राज्यमन्त्री दिलिप गच्छदारले संविधान संशोधन प्रस्ताव राष्ट्र र जनताको हितमा आएकाले दलहरुको सहमतीमै प्रस्ताव पारित हुुने बताएका छन् । राज्यममन्त्री भएपछी पहिलोपटक गृह जिल्ला आएका राज्यमन्त्री गच्छदारले विराटनगर विमानस्थलमा विहिबार स्थानिय संचारकर्मीसँग कुरागर्दै प्रतिपक्षीदल एमालेलाई सहमतीमा ल्याएर संविधान संसोधन प्रस्ताव पारित हुुने बताए । मुुलुकलाई अखण्डित गर्न नभई एकतावद्ध गर्न संशोधन …

‘बोल्ड मोडल’ प्रथम महिला

१६ मंसिर २०७३, बिहीबार ११:३९ पुरुष पाठकलक्षित म्यागजिन ‘जीक्यू’ले सन् २००० को पहिलो अंकमा मेलानियाको नग्न तस्बिर प्रकाशित गरेको थियो । अमेरिकामा हालसालै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा विजयी डोनाल्ड ट्रम्पकी तेस्री श्रीमती हुन्, उनी । ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी वहन गरेपछि मेलिना प्रथम अमेरिकी महिला बन्नेछिन् । साथै, नग्न फोटो सुट गर्ने पहिलो प्रथम अमेरिकी महिलाका रूपमा समेत उनले कीर्तिमान कायम गर्नेछिन् …

डा. केसीको अवस्था गम्भीर, देशभरका चिकित्सक आन्दोलनमा

१६ मंसिर २०७३, बिहीबार ११:२८ १६ मङि्सर,काठमाडौं/उन्नाइस दिनदेखि आमरण अनशनमा रहेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर भएको छ।  जीवनरक्षाका लागि दबाब बढाउन देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्। डा. केसीको स्वास्थ्य नाजुक अवस्थामा पुगिसक्दा पनि वार्ताबाट निष्कर्ष निकाल्न सरकार उदासीन रहेपछि चिकित्सकले आन्दोलन कडा बनाउँदै छन्। केसीको अनशन र मागप्रति १९ दिनसम्म मौन बसेको चिकित्सक संघसमेत विरोधका …

ब्राजिली फुटबल टोली चढेको जहाजमा ‘इन्धन अभाव र विद्युतीय गडबडी’

१६ मंसिर २०७३, बिहीबार ११:२१ १६ मंसिर,कोलम्बिया/ कोलम्बियाका अधिकारीहरुले ब्राजिलको फुटबल टोली श्यापेकोएन्सीका खेलाडीहरू चढेको विमान इन्धन अभावका कारण दुर्घटनाग्रस्त भएको बताएका छन्। मेडेलिन सहर नजिकैको विमानस्थलमा अवतरण हुनु केही मिनेटअघि विमानचालकले एअर ट्राफिक कन्ट्रोललाई विमानमा इन्धन कम भएको र भयानक विद्युतीय गडबडी देखिएको बताएका थिए। अधिकारीहरूले विमानको ‘ब्लायक बक्स’ अनुसन्धानका लागि ब्रिटेनमा पठाइने र त्यसको निर्माता कम्पनी बिएइले त्यसलाई खोलेर …