अरनिको विद्यालयका साहको ‘अरबको खजुर’ कविता प्रथम
७ आश्विन २०८०, आईतवार १८:३१ विराटनगर/ विराटनगर–१० स्थित अरनिको आवासीय माविले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा सुवास साहले प्रथम स्थान हासिल गरेका छन् । तीन दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै ‘अरबको खजुर’ शीर्षकको कविता वाचन गरेर साहले प्रथम स्थान हासिल गरेका हुन् । त्यस्तै ‘युवा बनौं कि नबनौं’ कविता वाचन गरे अनुक्रम काफ्ले द्वितीय, ‘नफर्किने बाल्यकाल’ कविता वाचन गरेर करुणा चौधरी […]