AArya
RUMPUM
animated ellipse animated ellipse

एमालेसँग तत्काल एकता नभएपनि कार्यगत एकताको तयारीमा प्रचण्ड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ असार २०८३, शुक्रबार १७:२९
72
Shares
विराटनगर / नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल सहकार्य गरिने बताएका छन् ।

विराटनगरमा आज आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेसँग तत्काल एकता नभएपनि सडकदेखि सदनसम्म कार्यगत एकता गरेर अघि बढ्ने बताएका हुन् ।

सबै वामपन्थी मात्रै नभएर लोकतान्त्रिक पार्टी जसपासँग समेत सहकार्यका लागि कुरा भइरहेको संयोजक प्रचण्डले बताए । महाधिवेशनमा अर्को क्रमभङ्ग हुने उनले बताए ।

संयोजक प्रचण्डले भने, ‘पार्लियामेन्टमा सहकार्य, सडकमा सहकार्य र आउने प्रदेश र स्थानीय तहको चुनावमा सहकार्यको सहमति हुँदैछ ।’ उनले तत्काल पार्टी एकता नगरेपनि सहकार्य गरेर अघि बढ्ने बताए । आफूहरू ‘घण्टी बजाउने भिक्षु’ नभएको टिप्पणी गर्दै उनले जुनसुकै बेला क्रान्तिकारी निर्णय लिन सक्ने बताए ।

अब अन्तर्राष्ट्रिय जगतसँगको सम्बन्धहरू पनि विस्तार गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर