खबर पूर्वाञ्चल
जिल्ला प्रहरी कार्यालय धनकुटाले दिएको जानकारी अनुसार, शुक्रबार बिहान ११ः०० बजेको समयमा लोकमार्गको करिब १० मिटर खण्ड भासिएको हो ।
सडकको एक भाग पूर्ण रूपमा अवरुद्ध भए पनि, साना सवारी साधनहरू भने जोखिम मोलेर एकतर्फी रूपमा आवतजावत गरिरहेका छन् ।
इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी निरीक्षक महेश भट्टराईको कमाण्डमा ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ । प्रहरी टोलीले सडक पूर्ण रूपमा सुचारु गर्नका लागि आवश्यक पहल गरिरहेको जनाइएको छ ।
प्रहरीले जोखिम बढेकाले ठूला सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा बाटो खुल्ने समयसम्म धैर्य गर्न अनुरोध गरेको छ ।