AArya
RUMPUM
animated ellipse animated ellipse

पत्रकार ढुङ्गानाद्वारा अनुवादित उद्यमशीलता एक परिचय विमोचन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ श्रावण २०८२, शुक्रबार १८:४१
144
Shares
विराटनगर/ बेलायती अर्थशास्त्री इमन् बट्लरको किताब एन इन्ट्रोडक्सन टु एन्टरप्रेनरशिपुको नेपाली अनुवाद उद्यमशीलता एक परिचयुको विमोचन गरिएको छ ।

आज विराटनगरमा उद्यमशीलता केन्द्रित विमर्श गर्दै उक्त किताब विमोचन गरिएको हो । पत्रकार तथा लेखक निशान्त ढुङ्गानाले किताबको नेपाली भाषामा अनुवाद गरेका हुन्।

किताब विमोचन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य मनिष झाले सरल भाषामा अनुवाद गरिएको किताबले उद्यमशीलतालाई बुझ्न मदत पुर्याउने बताए। झाले उद्यमशीलताको विकासक्रमको चर्चा गर्दै नेपालमा उद्यमशीलता प्रवद्धन गर्न राज्यले ठेकेदारको नभएर सहजकर्ताको भूमिका निर्वाह गर्नु पर्ने धारणा व्यक्त गरे।

कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठले सहज उदाहरणसहित उद्यमशीलताको विचार प्रस्तुत गरिएको किताबले नीति निर्माणको तहमा समेत सहयोग गर्ने धारणा व्यक्त गरिन् ।

त्यस्तै, उद्यमी प्रतिक राउतले उद्यमशीलताको विकासका लागि सही समय रहेको बताउँदै नेपालले विश्वका उदाहरणबाट सिक्दै मौलिक ढंगले अघि बढ्नु पर्ने बताए भने प्रकाशन संस्थाका राजिव धर जोशीले हालको समयमा नेपाली बजारमा उद्यमशीलता सेल्फ हेल्प सम्बन्धी किताबको बजार राम्रो रहेको अनुभव साझा गरे।

किताबमा किन उद्यमशीलताप्रति चासो राख्न आवश्यक छ भन्ने कुराको व्याख्या, उद्यमशीलताले नयाँ आविष्कार र समृद्धिमा राख्ने अर्थ, उद्यमशीलताको मुख्य विचार र उद्यमीलाई आवश्यक प्रोत्साहन लगायतका कुराहरू समावेश छन्। त्यस्तै, किताबमा उद्यमशीलताको वास्तविक आर्थिक भूमिका र यसका विभिन्न सिद्धान्तको बारे, उद्यमशीलताको आर्थिक, सामाजिक महत्व र विश्वका विभिन्न पेशामा उद्यमशीलताको आश्चर्यजनक व्यापकताको, उद्यमशीलताको किसिम, उद्यमशीलताले नियमनलाई अनावश्यक प्रभावमा पर्दाको खतरा र उद्यमशीलताबाट फाइदा लिन कसरी उपर्युक्त नीति निर्माण गर्ने वातावरण बनाउनु पर्छ लगायतका विचारहरू समावेश छन्।

विकल्प एन अल्टरनेटिभका संस्थापक एवम् कार्यकारी निर्देशक वसन्त अधिकारीले नेपाली समाजमा उद्यमशीलताको विषय प्रमुखता साथ उठ्ने गरेको तर नेपाली भाषामा उद्यमशीलता सम्बन्धी पठनीय किताबको आभाव पूर्ती गर्ने उद्देश्य साथ किताब प्रकाशन गरिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर