RUMPUM
animated ellipse animated ellipse

गीत संगीत एउटा नशा रहेछ–राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ चैत्र २०७३, सोमबार २१:५६
3
Shares
तेजन खड्का
नेपाली सांगीतिक क्षेत्रमा संघर्षशिल नाम हो, गायक चित्र राई । झण्डै डेढ दशक देखी गीतसंगीतमा अनवरत रुपमा लागिपरेका गायक राईको भर्खरै ‘साहारा’ नामको एल्बम बजारमा आएको छ ।
यसअघि उनको ‘दुईमुटु’ गीति एल्बम आईसकेको थियो । पहिलो एल्बम भन्दा उनलाई दोस्रो ‘साहारा’बाट एल्बमबाट ठुलो आश छ । किनकी उनले पहिलो एल्बम निकाल्ने क्रममा धेरै ज्ञान र अनुभव हासिल गरे ।
दोस्रो एल्बममा धेरै मेहनत गरेको छु, यसमा गीतकार लिना राईको मनछुने शब्दहरु छन् । पहिलो एल्बमबाट सोचे अनुरुपको आर्थिक उन्नती गर्न नसकेको स्विकार गर्दै गायक राईले भने ‘लगानी उठ्नु नै ठुलो कुरा भयो अव त । पहिलो एल्बमले मलाई गायकका रुपमा भने चिरपरिचत गराएको छ ।’
‘गीतसंगीत बिना बाँच्न मुस्किल पर्ने बताउदै गायक राईले गायन यात्रा अव छोड्न नसक्ने बताउछन् । भन्छन्,‘ गीतसंगीत एउटा भनेको पनि एउटा नशा रहेछ,यसले हरेक दर्शक तथा श्रोतालाई पनि औषधीको काम गर्छ ।’
उनको लागि गीतसंगीत भनेको नै सुखदुखको साथी हो । गीतसंगीत विनाको संसार मानिसलाई कष्टकर हुने उनको बुझाई छ ।

स्थानीय स्तरमा हुने साँस्कृतिक कार्यक्रममा गीत गाउँदाताका उनलाई साथीभाई बाट राम्रो प्रतिक्रिया आयो । पहिलो पटक २०५२ साल तिर गायिका सुनिता सुब्बासँग दमकको किरात यायोक्खा भवनको विवि मार्केट दोस्रो फ्लोरमा गाएका थिए ।
त्यस बेलाको प्रस्तुतिबाट प्राप्त प्रतिक्रियाबाट प्रफुल्लित भएर उनी अझ निरन्तर रुपमा संगीत साधनामा अभ्यस्त भए । एल्बम निकाल्न पनि अग्रज तथा साथीभाई बाट सल्लाहा अव मिल्यो । ‘आफुलाई पनि अव एल्बम निकाल्दा हुन्छ भन्ने आत्मविश्वास पनि भयो,‘उनले सुरुवाति दिन सम्झिए, ‘२०६६ सालतिर पहिलो एल्बम दुईमुटु सार्वजनिक गर्न सफल भए ।’

‘ कतारमा विमोजन गरेका त्यस एल्बमका गीतहरु स्रोताहरुले रुचाएको कारण नै दोस्रो एल्बम निकाल्ने जमर्को भएको हो । उनी भन्छन्,‘विदेशमा काम गरेर पनि फुर्सदमा गीतसंगीतमा नै ब्यस्त भए । विदेशबाट पनि साथीभाईको साथ सहयोगले एल्बमको प्रमोसन भयो ।’

गायक राईको साहारा एल्बममा ५ वटा आधुनिक तथा पप मेलोडी गित समाविष्ट छ । संगीत पनि आफै गरेका गायक राईको एल्बमका सवै गीत लिना राईले कोरेकी हुन् । ‘आफ्नो परार्इ भईदिदा’,‘आउछ अतितका तिम्रो याद’,‘मायाले बाध्यो मेरो मन’,साँचो माया गर्छु भन्थेउ’, र तिमी आयौं जिन्दगीमा’ साहारामा एल्बममा समाविष्ट गीत हुन् ।
साहारा एल्बममा समावेश भएको तिमी आयौं जिन्दगीमा वोलको गीतको म्युजिक भिडीयो समेत निर्माण भएको छ । ‘मायाले बाध्यो मेरो मन’ बोलको राष्ट्रभावले ओतप्रोत भएको गीतबाट उनलाई थप उचाईमा पु¥याउने आशा छ ।

मोरङ राजघाट घर भएका चित्रलाई गीतसंगीतमा लागेर कतिपनि पछुतो नरहेको बताउछन ।‘ आफु र आप्mनो गाउँ ठाउँलाई चिनाउन पाउदा गौरब लागेको छ, राई भन्छन्,‘ त्यसैले खुशी नै छु, मन बुझाएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर