विराटनगर, १८ चैत / दुई साता अघि मोरङको कटहरी – १ मा सासु बुहारीलाई गोली हानि हत्या गर्ने मुख्य अभियुत्तलाई मोरङ प्रहरीले आज सार्वजानिक गरेको छ ।
प्रहरीले हत्यामा संलग्न मुख्य अभियुत्त विराटनगर १२ का २६ वर्षिय विष्णुकुमार डाँगालाई बिहीबार साँझ पक्राउ गरेको थियो ।
हत्यामा संलग्न भएको पेस्तोल
प्रहरीले हत्यामा संलग्न भएको एक थान पेस्तोलसमेत विष्णुकुमारको घरबाट बरामद गरेको छ । उनले घरमा रंगको ड्रमभित्र पेस्तोल लुकाएर राखेको ठाउँबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्दिपराज भण्डारीले जानकारी दिए ।
डाँगालाई हाजै जिल्ला अदालत मोरङमा कर्तब्य ज्यान मुघा अन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको एसपी भण्डारीको जानकारी दिए ।
गत चैत ४ गते ४४ बर्षिया दिपा निरौला (डाँगा) र २२ बर्षिया अस्मिता भट्टराई (डाँगा) को दिउँसो घरभित्र एकैचोटी गोली हानी हत्या भएको थियो । मोरङको कर्सियामा धान चामलको खरिद व्यपार गर्ने ६० बर्षिय ईन्द्रचन डाँगाले अढाई बर्ष अघि सोही ठाउँकी दिपा निरौलासँग अन्तरजातिय बिबाह गरेका थिए ।
त्यस्तै ईन्द्रचन्द्रका एकमात्र छोरा ३० बर्षिय राम डाँगाले पनि एक बर्ष पहिले काठमाण्डौ पेप्सिकोला घर भइ विराटनगर बस्दै आएकी अस्मिता भट्टराईसँग मारवाडी सामुदाय र हिन्दु संस्कार अनुसार बिबाह गरेका थिए ।
हत्याको आरोपमा पक्राउ परेका विष्णुकुमार इन्द्रचनको आप्mनै भतिज हुन ।