AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अनुगमन टोली पुगेपछि नो पार्किङको बहाना विराटनगरका पसल बन्द

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ चैत्र २०७९, बुधबार १७:००
414
Shares
विराटनगर / मूल्य, तौल र गुणस्तरमा ठगिएको उपभोक्ताबाट व्यापक गुनासो आएपछि विराटनगर महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिए पछि नो पार्किङको बहाना विराटनगरका पसल बन्द गरिएको छ ।

महानगरकी उपमेयर शिल्पा निराला कार्कीको नेतृत्वमा आज संयुक्त बजार अनुगमन गरिए पछि नो पार्किङको बहाना विराटनगरका पसल बन्द गरिएको हो ।

जलजला रोडस्थित बजरंग ज्वेलर्सको अनुगमन गर्दा कालीगढ तथा कामदारहरूलाई श्रम ऐनविपरीत हुनेगरी पारिश्रमिक दिएको पाइएको छ । आफ्नो पारिश्रमिकका विषयमा कामदारसमेत अनभिज्ञ रहेको र कामदारहरूको सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने रकम नगरी श्रमिकहरूको अधिकारबाट वञ्चित रहेको पाइएको महानगरका आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेल जानकारी दिए ।

टोलीले खाद्य, लत्ताकपडा, सुनचाँदी, जुत्ताचप्पल, होटललगायतका पसलहरूको अनुगमन गर्ने कार्यक्रम भए पनि व्यापारीहरूले पसल बन्द गरेका कारण आजको पूर्वनिर्धारित अनुगमनलाई स्थगित गरिएको थियो । अनुगमन टोली पुगेपछि व्यापारीहरूले पसल बन्द गरेका थिए । व्यापारीहरूले पार्किङको कारण देखाउँदै पसल बन्द गरेका थिए । ‘व्यापारीहरूले हामी पुग्ने बित्तिकै पसल बन्द गर्न थाल्नुभयो,’ पौडेलले भने, ‘यो नियमित र संयुक्त अनुगमन भएकाले महानगरले अघि सारेको पार्किङ व्यवस्थापनसँग यसको कुनै सम्बन्ध छैन । व्यापारी तथा व्यवसायीहरूले बुझिदिनुपर्छ । साथै व्यापारीहरु पनि उपभोक्ता नै हुन् । बजार सुशासन कायम गर्नका लागि उहाँहरुको सक्रिय सहभागिताको समेत हामी अपेक्षा गर्दछौं ।’

अनुगमनमा महानगरका आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेल, बजार निरीक्षण अधिकृत सरोजकुमार गौतम, महानगरका धीरज राई, गुणस्तर तथा नापतौल कार्यालयकी सुशीला तामाङ, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका वीरेन्द्रकुमार दास, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयका दीर्घबहादुर घिमिरे, उपभोक्ता हित संरक्षण मञ्चका तारानाथ भट्टलगायत तीनै तहका सरकारका कर्मचारी प्रतिनिधिको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर