AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ को प्रदेशसभाको बैठक स्थगित भए पछि मुख्यमन्त्री राईले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्ने पाएनन्

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० कार्तिक २०७८, मंगलवार १५:३२
1.35k
Shares
विराटनगर / प्रदेश १ को प्रदेशसभाको आज बस्ने भनेको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

आज साढे १२ बजे बस्ने बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बैठकमा उपस्थित नभएपछि बैठक स्थगित भएको हो ।

मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्ने तयारी गरेका थिए । बैठक स्थगित भएपछि मुख्यमन्त्री राईले आज विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्नै पाएनन् ।

सभामुख प्रदीपकुमार भण्डारीले एमाले उपस्थित नभएकाले बैठक भोलि बिहान साढे ११ बजे बस्ने जानकारी सदनमा गराउँदै स्थगित गरेका थिए ।

संसद नियमावलीमा कोही पनि प्रतिपक्षी दलका सांसद संसदमा उपस्थित नभए बैठक चल्न नसक्ने उल्लेख छ । सोही अनुसार बैठक स्थगित भएको सभामुखको भनाइ छ ।
एमालेले भने आजको प्रदेश १ को बैठक स्थगित गर्न माग गरेको थियो । अधिवेशनका लागि जिल्ला गएका प्रदेशसभा सदस्यहरू आइनपुगेको भन्दै एमालेले बैठक स्थगित गर्न माग गरेको हो ।

एमालेका प्रदेश १ का प्रमुख सचेतक बुद्धिराज राजभण्डारीले बन्दका कारण जिल्ला गएका प्रदेश सभा सदस्य आइनपुगेकाले आजको बैठक स्थगित गर्न माग राख्दै संसद् सचिवालयमा पत्र दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर