AArya
RUMPUM
animated ellipse animated ellipse

सिन्धुपाल्चोकको गुम्बा गाउँमा फैलिएको भाईरल कोरोना भाईरस नभएको : स्वास्थ्य मन्त्रालय

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ माघ २०७६, बुधबार १९:४०
3
Shares
सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा फैलिएको भाईरल, कोरोना भाईरस नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सिन्धुपाल्चोकको गुम्बा गाउँमा फैलिएको मौसमी रुघाखोकी स्वास्थ्य मन्त्रालय कोरोना भाईरस नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गुम्बागाउँमा देखिएको समस्या मौसमी रुघाखोकी मात्रै भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । बिरामीको उपचार र रोगबारे अध्ययनका लागि जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकबाट स्वास्थ्यकर्मीको टोली खटाईसकिएको छ ।

स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाँईले गुम्बा गाउँमा चिनबाट कोही पनि मानिस आउजाउ नगरेको बताए । गाउँमा कोही आएको गएको बारे आफुहरुले बुझेको र त्यस्तो गतिविधी नपाईएको चापागाँईको भनाई छ ।

गुम्बागाउँ क्षेत्रमा हाल देखा परेको भाइरल संक्रमणको उपचारका लागि गाउँपालिकाका स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्टहरु परिचालन गरि सकिएको छ । बिरामि मध्ये केहीलाई निको समेत भएको जानकारी आफूले पाएको प्रमुख चापागाँईले बताए ।

भाइरल संक्रमणबारे जाँच गर्न आफूहरुले टेकुस्थित सरुवा रोग महाशाखालाई अनुरोध गरेको र महाशाखाले पनि चाँडै टोली त्यस तर्फ पठाउने जानकारी गराएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । गुम्बागाउँ, गाउँपालिका केन्द्र भएको स्थानबाट दुई घण्टा पैदल दुरीमा रहेको छ । अहिले जलविरेबाट चिकित्सकको टोली लिएर गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ त्यहाँ पुगेका छन् । गाउँमा २ सस जनामा रुघाखोकी र ज्वरो देखिएको छ ।

बिरामी मध्ये १० जनाको उपचार भएको छ भने एक जनाको अबस्था गम्भीर रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । गाउँमा भाइरल सङ्क्रमण भएपछि कोरोना भाइरसको लक्षणसँग मिल्दो जुल्दो भएको भन्दै जुगल गाउँपालिकाले सहयोगका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार समेत गरको थियो । गुम्बा गाउँमा तीन दिन देखि विरामीको सङ्ख्या बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर