RUMPUM
animated ellipse animated ellipse

धरानमा १३ हजार मतदाता थप

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ कार्तिक २०७६, शनिबार ०८:४७
3
Shares

धरान / २०७४ सालमा सम्पन्न भएको स्थानीय तह निर्वाचनयता सुनसरीको धरान उपमहानगरपालिकामा मात्र १३ हजार बढी मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार स्थानीय तह निर्वाचनयता धरानमा १३ हजार ५ सय ७१ जना बढी मतदाता थप भएको हो ।

कार्यालयका अनुसार २०७४ को स्थानीय तह निर्वाचन ताका धरानको मतदाता संख्या ७९ हजार २ सय ८२ थियो । अहिले मतदाता संख्या ९२ हजार ८ सय ५३ पुगेको छ । ‘२०७४ को धरानको स्थानीयतह चुनावको मतदाता र अहिलेको मतदाता संख्या तुलना गर्दा १३ हजार थपिएको हो,’ कार्यालयकी नायब सुब्बाकुमारी आचार्यले जानकारी दिइन् ।

स्थानीय तह निर्वाचन पछि प्रतिनिधि सभा र प्रदेश सभाको पनि चुनाव भएको थियो । उक्त चुनावमा सुनसरी क्षेत्र नं १ मा ८९ हजार ५ सय ४९ मतदाता रहेका थिए । त्यसयता मात्रै पनि ३ हजार ३ सय ४ मतदाता थपिएको छ ।

२०७४ सालमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा ७९ हजार २ सय ८२ मतदातामध्ये ५३ हजार ५ सय ४७ मत खसेको थियो । खसेको मतमध्ये ५२ हजार ४ सय ५४ मत सदर भएको थियो । सदर मतमध्येबाट तत्कालिन एमालेका उम्मेदवार तारा सुब्बाले २० हजार ९ सय ७५ मत पाएर विजयी भएका थिए भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार तिलक राईले १६ हजार १ सय २ मत र माओवादी केन्द्रका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ११ हजार १ सय ८० मत पाएरका थिए ।

गएको स्थानीयतह चुनावमा एमाले र कांग्रेसबीचको मतान्तर ४ हजार ८ सय ७३ थियो । अहिले एमाले र माओवादीबीच एकता भएकोले त्यसबेला माओवादीले पनि पाएको मत जोड्दा मतान्तर १६ हजार ५३ पुग्छ । धरानका मेयर सुब्बाको निधन भएकोले आगामी मंसिरमा धरानमा उपचुनाब हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर