RUMPUM
animated ellipse animated ellipse

छठ पछि प्रदेश मन्त्रिमण्डल विस्तार हुन्छ– मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ कार्तिक २०७६, शुक्रबार २१:३९
3
Shares

विराटनगर / तिहार र छठ पछि मन्त्रिमण्डाल विस्तार गरिने प्रदेश १ का मुुख्यमन्त्री शेरधन राईले बताएका छन् ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुुरागर्दै मुुख्यमन्त्री राईले ११ सदस्यीय मन्त्रिमण्डल गठन हुने गरी विस्तार गर्ने जानकारी दिए । सहमतीको आधारमा प्रदेशको राजधानी टुङ्गो लगाएजस्तै नामाकरण पनि सहमतीको आधारमा निर्णय गरिने मुुख्यमन्त्री राईले बताए । उनले आगामी हिउँदे अधिवेशनवाट नामाकरणको टुङ्गो लगाउनका लागि छलफलको प्रकिया अगाडि वढाइसकेको बताए ।

मुुख्यमन्त्री राईले प्रदेश सरकारले यस क्षेत्रका जनताको आर्थिक समृद्ध र रोजगारीका लागि लगानी सम्मेलन गर्न लागेको जानकारी दिए । प्रदेशमा लगानीको वातावरण वन्दै गएकाले आन्तरिक तथा वाह्य लगानी भित्राउनका लागी लगानी सम्मेलन गर्न लागेको मुुख्यमन्त्री राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर