RUMPUM
animated ellipse animated ellipse

आर्मी मेची नेत्रालय मेचीनगर गोल्डकपको अन्तीम चारमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ बैशाख २०७६, आईतवार १९:१९
3
Shares

काँकडभिट्टा / नेपाल आर्मी काँकडभिट्टामा जारी मेची नेत्रालय मेचीनगर गोल्डकपको अन्तीम चारमा प्रवेश गरेको छ ।

आज भएको खेलमा धरान फुटवल क्लवलाई २−१ ले पाखा लगाउदै आर्मी अन्तिम चारमा पुगेको हो । पहिलो चरणको खेलमा च्यासल युथ क्लब काठमाण्डौलाई हराउँदै क्वाटरफाइनल प्रवेश गरेको धरान आर्मीसँगको भेटबाट घर फर्किएको छ । नियमित खेल्ने तीन खेलाडीबीना नै मैदानमा उत्रिएको आर्मीबिरुद्ध धरानले गरेका दर्जनौ प्रहार खेर गएका थिए ।

खेलको २९ औं मिनेटमा टंक बस्नेतले गोल गरेका थिए । सन्तोष तामाङको पासमा बस्नेतले गोल गर्दै आर्मीको खाता खोलेका थिए । ४१ औं मिनेटमा सुमन अर्यालको पासमा आर्मीका स्ट्राइकर नवयुग श्रेष्ठले गोल गरे ।
४० औ मिनेटमा धरानका दोर्जी तामाङको शक्तिशाली प्रहार आर्मीका खेलाडीलाई लागेर रिवाउन्स भएको बललाई मिलन राईले बिपक्षी पोष्टको दिशा दिएका थिए ।
१५ औं मिनेटमा सन्तोष तामाङको फ्रि किक धरानका गोलरक्षक बिनय श्रेष्ठले पञ्च गरे । २१ औ मिनेटमा पेनाल्टी एरियामा पाएको हेडर आकाशियो । ३८ औ मिनेटमा सन्तोष तामाङको फ्रि किक पोष्ट बारमा लागेर फर्कियो ।

धरानका वर्तमान राईले २३ औं मिनेटमा प्रहार गरेको फ्रि किक आर्मीका गोलरक्षक बिश्वास चौधरीले पञ्च गरेर जोगाए । २४ औ मिनेटमा दोर्जे तामाङको शक्तिशाली प्रहार क्रस बारमा लागेर फर्कियो । ५३ औ मिनेटमा वर्तमान राइले गरेको प्रहार आर्मीका गोलरक्षक चौधरीले बिफल बनाउँदा धरान बराबरी गर्ने अवसरबाट बञ्चित भयो । ७६ औं मिनेटमा डी बक्स नजिकैबाट मिलन राईले प्रहार गरेको फ्रि किक आकाशियो । ८४ औ मिनेटमा मिलन राईले गरेको प्रहार पोष्ट बारमा लागेर फर्कियो । खेलको इनज्युरी समयमा बिष्णु सुनारको कडा प्रहार बिपक्षी पोष्टमा लागेर फर्कियो ।

खेलको म्यान अफ द म्याच आर्मीका सुमन अर्याल घोषित भए । उनले नगद ११ हजार रुपैंया पुरस्कार भए । सोमबारको खेल नेपाल पुलिस क्लब र भुटानको पारो एफसीबीच हुने आयोजक समितिका कोषाध्यक्ष गंगालाल गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर