RUMPUM
animated ellipse animated ellipse

केभिएम स्पोर्ट्स मिट सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ माघ २०७५, सोमबार १७:४४
18
Shares

विराटनगर / विराटनगर–१० मा रहेको कोशी विद्यामन्दिरले आयोजना गरेको खेलकुद सप्ताह सम्पन्न भएको छ ।

माघ १३ गते देखि सञ्चालन भएको स्पोर्ट्स मिटमा एक दर्जनबढी विभिन्न खेलहरु खेलाएको स्कूलका प्रिन्सिपल धिजनबाबु काफ्लेले जानकारी दिए । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्कूलले प्रत्येक वर्ष यस्तो कार्यक्रम गर्दै आएको प्रिन्सिपल काफ्लेको भनाई छ । उनले भने, ‘यस्तो कार्यक्रमले पढाईसँगै विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन हुने गर्दछ ।’स्पोर्ट्स मिटमा प्ले ग्रुपदेखि कक्षा ९ सम्मका २ सय ६५ विद्यार्थीहरु सहभागि रहेको स्कूलले जनाएको छ ।

विजयी हुने विद्यार्थीलाई स्कूलका प्रिन्सिपल धिजनबाबु काफ्ले, स्कूलका निर्देशक राजिेश दास, स्कूलका शिक्षक तथा शिक्षकालगायतले अबिरलगाएर पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर