पूर्वाञ्चल खबर
आज सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा मुद्दा दर्ता गरेको हो । झुठो विवरणमा सिफारिस गर्ने वडा अध्यक्ष अर्याल वडा सदस्य रमेश शाह र वडा सचिव पुष्पा तिम्सिनासहित आफ्ना छोराहरु हुन भनेर झुठा विवरण पेश गर्ने मोरङ कटहरी गाप १ का ५५ बर्षिय सत्यनारायण पोद्दारसहित नागरिकता लिने सात जना भारतीय नागरिक र झुठो विवरणमा सर्जमिन गर्ने पाँच जना नेपाली नागरिकलाई जिल्ला अदालत मोरङमा आज मुद्दा दर्ता भएको हो ।
उनीहरु सबैलाई अलग अलग ६ वटा अभियोग तयार गरि झुठा विवरण पेश गरि नेपाली नागरिकता लिएको कसुर अपराधमा अभियोग पत्र अदालतमा दर्ता गरिएको मोरङ अदालतले जनाएको छ ।