पूर्वाञ्चल खबर
गत असोज ४ गते खुर्सिदको हत्या भएपछि हत्या अनुसन्धानकालागि असोज ५ गते गृह मन्त्रालयले प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक किशोर दाहालको संयोजकत्वमा समिति गठन गरेको थियो । १५ दिन भित्र छानबिन प्रतिवेदन पेस गर्ने समयसिमा सहित गठन भएको समितिले समयसिमा पुरा भएको ५ दिनपछि पनि प्रतिवेदन बुझाएको छैन् ।
छानविन समितिले फिल्डको काम सकेर प्रतिवेदन तयार पार्ने काक गरिरहेको छ । तर १५ दिन समय खर्चिएको छानविन टोलीले हत्याको कारण भने पत्ता लगाउन नसकेको स्रोतले जानकारी दिएको छ । खुर्सिद हत्या प्रकरणको छानविनका क्रममा टोलीले आफन्त छरछिमेक, प्रहरी सहित स्थानीयबासीस“ग सोधपुछ गरेको थियो ।
सिमावर्ती क्षेत्रमा प्रहरीको सञ्चार सेटले समेत काम गर्न नसक्ने देखिएको बताइएको छ । सिमापर्ती क्षेत्रमा नेपाल टेलिकम टावर टिप्दैन् । प्रहरीको सञ्चार सेटले पनि बेला बेला सिग्नल टिप्दैन् । घुस्की आसपास सिमावर्ती क्षेत्रमा एनसेलको मात्र टावर टिप्छ । टोलीले प्रहरीको आन्तरिक समन्वय अभाव पनि भेटेको थियो ।
छानविन समितिका संयोजक किसोर दाहालले केही दिन भित्र छानविन प्रतिवेदन गृह मन्त्रालयमा बुझाउने तयारी गरेको जानकारी दिए । प्रतिवेदन केन्द्रमा बुझाउनुपर्ने बताउदै उनले अहिले नै केही बोल्न नमिल्ने बताए ।