पूर्वाञ्चल खबर
इप्रका रानीबाट खटिएको टोलीले विराटनगर १५ हुलास मेटल चौकबाट २ लाख ४६ हजार ७५ रुपैया बराबरको भन्सार छली गरी भारतबाट ल्याएको अवैध सामान आज बरामद गरेको हो ।
प्रहरीले खाद्यान्न, लत्ताकपडा, हरियो तरकारी लगायतका सामान बरामद गरेको थियो । प्रहरीले को २१ प ७०३ नम्बरको मोटरसाइकलबाट सो सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
सामानसहित तस्करीमा संलग्न मोरङ विराटनगर १७ बस्ने २२ वर्षीय रुस्तम मियाँ समेत पक्राउ परेका छन् । पक्राउ परेका मियाँ र सामानलाई विराटनगर भन्सार कार्यालयमा बुझाइएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।