AArya
RUMPUM
animated ellipse animated ellipse

दक्षिण कोरियालाई भिएआर महँगो साबित, स्वीडेन विजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ असार २०७५, सोमबार २०:५७
3
Shares
विराटनगर / विश्वकप समूह ‘एफ’ को दोस्रो खेलमा स्वीडेनले दक्षिण कोरियालाई पराजित गरेको छ । स्विडेनले आज भएको खेलमा एसियन टिम दक्षिण कोरियालाई १–० गोलले पराजित गरेको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। स्विडेनका लागि ६५ औं मिनेटमा पाएको पेनाल्टी गोलमा परिणत गर्दै स्वीडेनका कप्तान एन्डे्रस ग्रान्कभिस्टले महत्वपूर्ण तीन अंक जोडे । दक्षिण कोरियाका किम मिन वुले स्वीडेनका भिक्टरलाई पेनाल्टी बक्समा लडाएपछि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायतामा रेफ्रीले स्वीडेनलाई पेनाल्टी दिएको हो । चार पटकको विश्व विजेता इटालीलाई प्ले अफमा हराउँदै विश्वकपमा आएको स्वीडेनले अघिल्लो चरणको सम्भावना बलियो पारेकोे छ ।

पेनाल्टीको निर्णय भिडियो एसिस्टेन्ट रेफ्रीको सहायताले लिइएको थियो।
खेलमा स्विडेनले अग्रता लिएपछि कोरियाले दबाब बढाएको थियो।

अब कोरियाले अर्को खेलमा मेक्सिकोसँग खेल्नेछ। स्विडेनले साविक विजेता जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि जर्मनीलाई मेक्सिकोले १–० ले हराएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर