RUMPUM
animated ellipse animated ellipse

रंगलीका मेयर वगडियालाई जग्गा हडपेको आरोप

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ कार्तिक २०७४, बुधबार १९:१८
3
Shares
बिनु तिम्सिना
विराटनगर, १५ कार्तिक / मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप वगडियालाइ छिमेकीको जग्गा हडपेको आरोप लागेको छ ।

बगडियाले चन्द्रसेन शर्माको करिब  पाँच कठ्ठा जग्गा हडपेको आरोप लागेको हो । काठमाण्डौ निवासी शर्माले आज विराटनगरमा पत्रकार सम्मेलनगरी धनपालथान–३ स्थित चेकाखोलाको पश्चिम पटि रहेको आफ्नो जग्गा मध्ये पाँच कठ्ठा जग्गा मेयर बगडियाले मिचेको बताए ।

साविसकको सोराभाग गाविस स्थित बगडियाको इटाभट्टा नजिकै रहेको आफ्नो जग्गामा बगडियाले जबरजस्ती पक्कि पिलर गाडिएको आरोप लगाउदै उनले न्यायका लागि याचना गरेका छन् । शर्माले साविक सोराभाग ९ (क) को कित्ता नम्बर ८ को २० विघा १४ कट्ठा १० धुर जगा मध्ये अंश बण्डामा ९ विघा ९ कट्ठा १० धुर आफुले पाएको र अन्य जग्गा भाइहरु शशि र महाविरले पाएकामा उनीहरुले पाएको जग्गा बगडियालाइ विक्रि गरेको र अहिले सो जगामा इटा भट्टा रहेको बताए । शर्माले आफ्ना भाइहरुले जग्गगा विक्रि गरेको भएपनि आफ्नो र परिवारको नामको जग्गा यथावत रहेकाले आफुहरुविच कुनैपनि मतभेद नरहेपनि एक्कासि आफुले खेतिगर्दै आएको आफ्नै जग्गामा पिलर गाडेर मेयर बगडियाले धम्क्याउने गरेको आरोप लगाए ।

उनले मेयर बगडियाले आफु मेयर पदमा रहेकाले उक्त पिलर हटाउने जोकोहिलाइ पनि ज्यानमार्ने धम्कि दिएको आरोप समेत लगाएका छन् । शर्माले आफ्नो जग्गामा जबरजस्ति गाडिएको पिलर हटाएर आफ्नो हक कायम गरिदिन माग समेत गरेका छन् । यसै विषयमा कुरा राख्दा मेयर बगडियाले जग्गा आफुले नमिचिको भन्दै चित नवुझे भन्दै उहाको आरोप निराधार भएको वताए । शर्माको सहमतीमै जग्गा नापि गरेर कसको भागमा छुटयाउने कुरा भएकोमा एकासी शर्माले पत्रकार सम्मेलनगरी सहमती तोडेर जग्गा मिचेको आरोप लगाएको मेयर वगडियाले वताए । मेयर वगडियालले जग्गा मिचेको आरोपमात्र भएको भन्दै त्यस्को खण्डन समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर