AArya
RUMPUM
animated ellipse animated ellipse

एमाले मोरङको जिल्लाभर वडास्तरीय कार्यक्रम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ कार्तिक २०८२, शनिबार १६:१७
369
Shares
विराटनगर / नेकपा एमाले मोरङले आज जिल्लाभर वडास्तरीय कार्यक्रम गरेको छ ।

वडाले विभिन्न कार्यक्रम गरेर पार्टीलाई क्रियाशिल बनाउने काम गरेको जनाईएको छ ।

यसैक्रममा विराटनगर महानगरपालिका वडा नम्बर २ ले पनि आफ्नो पहिलो पूर्ण बैठक र सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । वडा अधिवेशन भएपनि सपथग्रहण बाँकी रहेकाले सपथग्रहण कार्यक्रम राखिएको पूर्व वडा अध्यक्ष तथा महानगर सचिव विज्ञान चापाँगाईले जानकारी दिए ।

वडाको बैठकले महानगरले कात्तिक २५ गते र पार्टी जिल्लाले कात्तिक २९ गते आयोजना गर्ने वृहत मोटरसाईकल र्यालीमा सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ ।

एमाले महानगर २ नम्बर वडा कमिटीका अध्यक्ष प्रविणचन्द्र कर्णको अध्यक्षता तथा एमालेका केन्द्रीय सदस्य रामलाल साहको प्रमुख आतिथ्यतामा भएको बैठकलाई सम्बोधन गर्दै साहले अप्ठ्यारो अवस्थामा रहेको पार्टीलाई सबै एकजुट भएर अगाडि बढाउनुपर्ने बताए । उनले पार्टीले गर्ने हरेक गतिविधि जनता केन्द्रित हुनुपर्नेमा जोड दिए ।

महानगर २ नम्बर वडाको पहिलो पूर्ण बैठकलाई एमाले कोशी प्रदेश सचिवालय सदस्य तथा महानगर ईन्चार्ज पर्शुराम बस्नेत, एमाले जिल्ला सचिव सोमराज थापा, एमाले जिल्लाका निवर्तमान अध्यक्ष बाबुरा कार्कीलगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर