खबर पूर्वाञ्चल
विराटनगर/धार्मिक अभियन्ता तथा विश्लेषक अभिषेक जोशीले हिन्दुराष्ट्रको अभियान निकै बलियो भएको र यसलाई कसैलै रोक्न नसक्ने बताएका छन् ।
आज विराटनगरका धार्मिक अगुवा तथा अभियन्ताहरुसंगको छलफलमा जोशीले यस्तो बताएका हुन् । उनले नेपालमा पछिल्लो समय सनातनीहरु निकै होसियार भएको र अभियानहरुले काम गरेको बताए ।यस्तो अवस्थामा सनातनीहरु सजग बन्नु र अभियानहरु प्रभावकारीरुपमा चल्दा धर्मान्तरण समेत रोकिनेक्रममा रहेको दावी गरे । उनले भने,” सवैका धर्ममा केही न केही कमजोरी छन् ,हाम्रामा पनि होलान् तर त्यसमा अल्झिएर बस्नु भन्दा सकारात्मक ढंगले समाधानको बाटो निकालेर अव अगाडि बढ्नु पर्छ ।”
सनातन धर्मका विषयमा मात्रै खोट लाउनेहरु गलत मनसायवाट परिचालित हुन् भनेर बुझ्न र सोही अनुरुप मुकाविला गर्न आग्रह गरे । विश्वमै हेर्दा नेपाल र भारतमा मात्रै ठूलो जनसंख्यामा हिन्दुहरु रहेको तर दुई देशका हिन्दुवीच आपसी संवाद हुन नसकेको भन्दै यसलाई समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा श्रीहरि सत् संघ केन्द्रीय अध्यक्ष भीखमचन्द शरलले जोशीलाई सम्मान तथा स्वागत गरेका थिए । जोशीको विराटनगर कार्यक्रमको संयोजन धार्मिक युवा अभियन्ता कौशल निरौलाले गरेका हुन् । अभियन्ता निरौलाले सनातन धर्म संस्कृति,सभ्यता संरक्षणमा लाग्न अभिप्रेरित हुने कार्यक्रमहरु नियमितरुपमा भइरहेको जानकारी दिए ।
जोशीले श्री लक्ष्मीनारायण मन्दिर पाञ्चालीका पिठाधिस अच्युत स्वामीलाई समेत भेटेका थिए । कार्यक्रममा धार्मिक अभियन्ता ललित तामाङ ,महेश कुमार स्वर्णाकार ,सुरज नेपाल,विकास कार्की,अनन्त पराजुली लगायतको सहभागिता रहेको थियो ।