खबर पूर्वाञ्चल
इटहरी–१२ मा सोमबार साँझ ३० वर्षीय सुमन दाहालले २५ वर्षीया अनिसा भट्टराईको हत्या गरेका हुन् । दशैंको मासु पकाउँदै गरेकी अनिसालाई उनका सुमनले काठको बटमले प्रहार गरी हत्या गरेका छन् ।
राति करिब ८ बजे टाउको, नाक र कानमा प्रहारबाट गम्भीर घाइते भएकी अनिसालाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल पुर्याइए पनि राति ९:१० मा मृत घोषणा गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालले जानकारी दिए ।
पूर्व वडाध्यक्ष हिरा दाहालका अनुसार करिब दुई महिना अघि सुमनले अनिसालाई हलगडामा छोडेका थिए भने अनिसाले श्रीमानलाई नभनी खनारको आइसक्रिम पार्लरमा काम गर्दै कोठा सरेकी थिइन् ।दशैं मान्न आएका श्रीमानले सो कुरा थाहा पाएपछि झगडा भई हत्या भएको उनले बताए ।
घटनापछि स्थानीयले आरोपीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । प्रहरीका अनुसार घटनास्थल खनार प्रहरी चौकीदेखि करिब १ सय मिटर दक्षिणतर्फ पर्छ । सुमनमाथि थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीली जनाएको छ ।