AArya
RUMPUM
animated ellipse animated ellipse

जनतामा सामाजिक लेखा परीक्षण कार्यशाला शुरू

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ जेष्ठ २०८२, बुधबार २०:१८
90
Shares
विराटनगर/पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पसले तीन दिने सामाजिक लेखा परीक्षण कार्यशाला आजदेखि विराटनगरमा शुरू गरेको छ ।

विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित उक्त कार्यशालामा विभिन्न आठ वटा क्याम्पसका ५१ जना विद्यार्थी सहभागी छन् ।

कार्यशालामा पथरी बहुमुखी क्याम्पस, उर्लाबारी बहुमुखी क्याम्पस, धरान मोडल कलेज, जनता बहुमुखी क्याम्पस इटहरी, इटहरी नमूना कलेज, सुकुना बहुमुखी क्याम्पस, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र आयोजक जनता आदर्श बहुमुखी क्याम्पसमा सामाजिक कार्य विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थी सहभागी भएका छन् ।

कार्यशालाको उद्घाटन गर्दै पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति प्राध्यापक डा. विजुकुमार थपलियाले लेखा परीक्षणको जति महत्व छ त्यत्तिकै महत्व सामाजिक लेखा परीक्षणको रहेको बताए । सन् २००५ देखि शिक्षा क्षेत्रमा र सन् २००८ देखि स्वास्थ्य क्षेत्रमा सामाजिक परीक्षणको प्रचलन शुरू भएको प्रसङ्ग उल्लेख गर्दै हरेक कृयाकलापले सामाजिक प्रभाव पार्ने र त्यस्तो सामाजिक प्रभावको परीक्षण गर्नुपर्ने भन्दै उपकुलपति थपलियाले सामाजिक परीक्षणको सीपले विद्यार्थीहरूको भविष्यलाई धेरै सहयोग गर्ने दाबी गरे ।

कला संकायका डीन राम ढकाल, जनता आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख महेशप्रसाद निरौलाले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान र सीप दिने उद्देश्यले सामाजिक लेखा परीक्षणको कार्यशाला सञ्चालन गरेको जानकारी दिए । आजको सत्रमा डा. कृष्णप्रसाद पाण्डे र डा. चन्द्र उपाध्यायले प्रशिक्षण दिएका थिए ।

कार्यशालामा डा. रमेशवावु काफ्ले, डा. कोमल दुलाल, डा. कृष्णप्रसाद पाण्डे, चन्द्र उपाध्यायलगायतले प्रशिक्षण दिने क्याम्पस प्रमुख निरौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर