AArya
RUMPUM
animated ellipse animated ellipse

भव्य भयो ग्रेडेड स्कुलको ३० औं वार्षिकोत्सव

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ फाल्गुन २०८१, शनिबार १८:०१
369
Shares
विराटनगर /विराटनगरमा रहेको ग्रेडेड बोर्डिङ स्कुलले ३० औं वार्षिकोत्सव मनाएको छ ।

स्कुल परिसरमा आज विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमको प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय समिति मोरङका प्रमुख जीवन गड्तौलाले विद्यार्थीहरुलाई सिप र संस्कारसहितको गुणस्तरीय शिक्षा दिएर विद्यालय अगाडी बढनुनपर्ने बताए ।

व्यवहारिक शिक्षासँगै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाको खाचो रहेको उनले बताए । प्रविधिको विकाससँगै आजको आवश्यक रोजगारमुखी शिक्षा भएको उनको भनाई थियो ।

कार्यक्रममा विद्यालयका अध्यक्ष केशवलाल सिंह सुवालले स्थापनाकालदेखि ग्रेडेड स्कुलले गुणस्तरीय शिक्षा प्रदान गरेर देशको लागि योग्य जनशक्ति उत्पादन गरेर अगाडी बढेको बताए । त्यसैगरी विद्यालयका प्रिन्सिपल प्रेमलालसिंह सुवालले गुणस्तरीय शिक्षा प्रदानमा कुनै पनि कसुर बाँकी नराखेको बताए । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यालय अगाडी रहेको बताए ।

हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले विद्यार्थीहरुलाई भयरहित बातवरणमा सिप र संस्कारसहित रोजगारमुखी शिक्षा प्रदान गरेर अगाडी बढनुपर्ने बताए ।

कार्यक्रममा प्याब्सन मोरङका उपाध्यक्ष विष्णु डंगोल, नगर अध्यक्ष अर्जुन श्रेष्ठ, विभिन्न विद्यालयका प्रिन्सिपलगायतका उपस्थिती रहेको थियो । सोही अवसरमा विद्यार्थीहरुले सांस्कृतिक नृत्य, गीत प्रस्तुत गरी सहभागि भएका अभिभावक, अतिथि, शिक्षक र विद्यार्थीहरुलाई दिनभरी रमाइलो प्रदान गरे ।

त्यसैगरी विद्यार्थीहरुले विज्ञान प्रर्दशनी समेत गरेका थिए । उनीहरुले बनाएको विभिन्न बस्तुहरु प्रर्दशनीमा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर