AArya
RUMPUM
animated ellipse animated ellipse

हिसान मोरङद्धारा शिक्षकलाई तालिम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ असार २०७९, सोमबार १८:१५
1.5k
Shares
विराटनगर / हिसान मोरङको आयोजनामा विराटनगरमा शिक्षहरुलाई दुई दिने तालिम सुरु भएको छ ।

अहिलेको नयाँ पाठयपुस्तकको पाठयक्रम परिवर्तन भएको र नौं वटा विषयको बारेमा जानकारी दिने उद्देश्यले शिक्षकहरुलाई तालिम दिएको हिसान मोरङका अध्यक्ष अमित ढकालले जानकारी दिए ।

मंगलबारसम्म संचालन हुने तालिममा १५० शिक्षहरुको सहभागिता रहेको छ । ‘अहिले नयाँ पठक्रममा धेरै विषयहरु परिवर्तन भएको छ । यसको वास्तबिक जानकारी दिने उद्देश्यले शिक्षकहरुलाई तालिम दिएको हो,’ अध्यक्ष ढकालले भने ।

हिसान केन्द्रको संयोजन र पाठक्रम विकास केन्द्रको सहयोगमा तालिम भएको हो । तालिममा भौतिक शास्त्र, रसायन विज्ञान, जिप विज्ञान, बनस्पती विज्ञान, गणित, नेपाली, लेखा, अर्थशास्त्र र कम्प्युटर विज्ञानको विषयमा शिक्षकहरुलाई जानकारी दिइन्छ ।

यो तालिम सामुदायिक विद्यालयका शिक्षकहरु पनि निःशुल्क दिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर