AArya
RUMPUM
animated ellipse animated ellipse

पाँचदलीय गठबन्धनले मुलुकको अर्थतन्त्र धरायसी बनायो :अध्यक्ष ओली

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० चैत्र २०७८, बुधबार १६:५७
234
Shares
विराटनगर / नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धन दल स्थानीय तहको निर्वाचन नगराउने षड्यन्त्रमा लागिरहेको आरोप लगाएका छन् ।

आज विराटनगरमा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा ओलीले सरकारले चुनाव नगराउने षड्यन्त्र गरिरहेको आरोप लगाएका हुन् । कुनै पनि हालतमा त्यस्तो षड्यन्त्रलाई स्वीकार्न नसकिने भन्दै उनले भने, ‘चुनाव नगराउने वर्तमान सरकारको षड्यन्त्र अदालत, निर्वाचन आयोग र जनताले स्वीकार्न हुदैन ।

एमालेले मात्र मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न सक्षम भएको समेत अध्यक्ष ओलीले बताए । उनले विभिन्न भाषाभाषी, भुगोलमा वस्ने सम्पूर्ण नेपालीको साझा अभियानबाट सङ्घीय गणतन्त्र र जनतामा सार्वभौमसत्ता निहित गर्ने महान अभियान सरिक बनाउने कार्यमा पार्टी लागेको बताए ।

नेपालको पानी नेपालीको लागि प्रयोग हुनुपर्नेमा जोड दिदै अध्यक्ष ओलीले उद्यमी, व्यवसायी, पर्यटन, निर्यातमुखी उद्योग स्थापना गरी मुलुकलाई आत्मनिर्भर बनाउन कार्यमा एमाले अगाडि वढेको बताए । अध्यक्ष ओलीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने कोही कसैको कार्यलाई कहिले पनि सफल हुन नदिने दृढता व्यक्त गर्दै जनप्रतिनिधि विहिन स्थानीय पालिकाको बनाउने षडयन्त्रलाई नेपाली जनताले नमान्ने दावी गरे ।

आफ्नो शासनकालमा मुलुकमा हुलाकी राजमार्ग तयार हुन लागेको, पुर्व पश्चिम राजमार्ग स्तरोउन्नति भैरहेको ,मदनभण्डारी राजमार्ग चालु अवस्थामा रहेको र विभिन्न विमानस्थल विस्तार गरि रातिसेवा सञ्चालन भएको अध्यक्ष ओलीले दावी गरे ।
उनले पाँचदलीय गठबन्धनले मुलुकको अर्थतन्त्र धरायसी बनाएको आरोप लगाउँदै निर्माण सम्पन्न गरेका विभिन्न ठेकेदारह?ले भुक्तानी नपाएको बताए । अध्यक्ष ओलीले मुलुकमा अहिले भ्रष्टाचार वृद्धि भएको चर्चा गर्दै यसले मुलुकको विकासलाई पछाडि धकेलिएको धारणा राखे ।
अध्यक्ष ओलीले विसं २०५१ मा मासिक एक सयदेखि शु? गरेको जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता अहिले दैनिक १३३ भएको चर्चा गर्दै कर्मचारी सहज जीवनयापनका लागि तलव वृद्धि समेत गरेको स्मरण गराए । कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न पार्टी, वुद्धिजीवी संगठन छोडि आउनेलाई स्वागत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर