AArya
RUMPUM
animated ellipse animated ellipse

गठबन्धनले कांग्रेसलाई फाइदा गर्दैन : डा. कोइराला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ चैत्र २०७८, मंगलवार १६:५७
189
Shares
विराटनगर / कांग्रेस प्रभावशाली नेता डा.शेखर कोइरालाले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसले अन्य पार्टीसँग गठबन्धन गर्न नहुने बताएका छन् ।

आज कोइराला निवास विराटनगरमा नेपाल सांस्कृतिक संघले तयार पारिएको चुनावी गीत सार्वजनिक गर्दै डा. कोइरालाले यस्तो बताएका हन् ।

‘देशका विभिन्न जिल्लाका साथीहरूसँग कुरा गर्दा उहाँहरूले गठबन्धन गरेर जानुहुँदैन भन्नुहुन्छ, डा.कोइरालाले भने, ‘उहाँहरूको गठबन्धनले नेपाली कांग्रेसलाई फाइदा गर्दैन भन्ने कुरा छ ।’

नेता कोइरालाले माओवदी र एमाले चुनावका बेला एक हुँन सक्ने समेत बताए । २०७४को निर्वाचनमा पनि माओवादी सरकारमा भएकै बेला हामीलाई थाहानै नदिई एमालेसँग मिलेकाले उहाँको भर नभएको बताए ।

अरुपार्टीका नेतालाई जिताउनका लागि गठबन्धन गर्नु आवश्यक नरहेको समेत उनले बताए । प्रचण्डलाई हराउन भनेर हतार हतारमा अरु नेतालाई साथ दिँदा धेरै कार्यकर्तामा बिचलन आएको समेत डा. कोइरालाले बताए ।

‘अघिल्लो चुनावमा प्रचण्डजिलाई हराउन भनेर राप्रपाका बिक्रम पाण्डेलाई हामीले सहयो गरेउ’, उनले भने,‘तर हामीले भनेको कार्यकताहरुले मानेनन आधा भन्दा धेर भोट त उहाँलाईनै गयो हामीले उठाएका उमेरलाई गएन ।’ कार्यकर्ता सक्षम भएकाले आफ्नो निर्णय आफै गर्ने अधिकार दिनु पर्ने डा. कोइरालाको भनाई छ ।

संघ र प्रदेशको चुनाव पछि भएकाले त्यति बेला गठबन्धनका बिषयमा थप छलफल गर्नुपर्ने उनले बताउए । गठबन्धनमै रहेका ठुला दलका नेतालाई जिताउने जिम्मा भने कांग्रेसको भएको समेत उनले बताए ।

२०७४ को चुनावको स्मरण गर्दै नेता कोइरालाले अशोक राई, कमल थापा बिक्रम पाण्डेलाई आफनो निर्वाचन क्षेत्र छाड्दा घाटा भएको बताए । चितवनामा बिक्रम पाण्डेलाई हामीले सहयोग गर्दा झापामा कृष्णप्रसाद सिटौलालाई राजेन्द्र लिङदेनले असायेग गरको भन्दै उनले अहिले पनि गठबन्धन गरे त्यहि अवस्था आउन सक्ने बताए ।

गठबन्धन गर्ने बिषयमा एकपट नेतृत्वले सोच्नु पर्ने डा. कोइरालाको भनाइ छ । भरतपुरमा रेणु दाहाललाई चुनावमा सघाएकै कारण कांग्रेसका नेता कार्यकर्ता विभाजित भएको उनले बताए । देशमा आर्थीक अवस्था कमजोर भएको भन्दैँ डा. कोइरालाले यसको असर भान्सादेखि विभिन्न क्षेत्रमा परेकाले पार्टीले सोच्ने बेला आएको बताए ।

डा. कोइरालाले एमसिसिले एक खुडकिला पार गरेकाले यसको कार्यान्यन गरेर देशको विकासमा लाग्नु पर्ने समेत बताए । एमसिसिमा सडक मर्मत तथा ट्रान्समिसन लाईन निर्माण गर्ने भन्ने सम्झौता रहेकाले ति काम सुरु भएपछि देशको विकास हुने उनको भनाई छ । देश ऋणमा भने फस्नु नहुने उनले बताए ।

डा. कोइरालाले महाधिवेशन पछि कांग्रेसमा कुनै मत बिभेद नरहेको समेत बताए । आन्तरीक चुनाव भएकाले त्यसलाई ठुलो नबनाई एक जुट भएर चुनावी मैदानमा जान समेत उनले नेता कार्यकर्तालाई आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर