खबर पूर्वाञ्चल
आज इनरुवामा आयोजित कार्यक्रममा नेकपा एकिकृत समाजवादीका नेताहरुले माओवादी केन्द्रका नेता कार्कीलाई पार्टी प्रवेश गराउदै स्वागत गरेका हुन् ।
२०६० सालदेखि २०६३ सालसम्म सुनसरीबाट पक्राउ गरि मोरङ कारागारमा जनयुद्धका सशस्त्र लडाकुका रुपमा तत्कालिन सरकारले जेलमा राखेका नेता कार्की सुनसरी माओवादी भित्रका बैचारिक ए्रवं अगुवा नेताका रुपमा परिचित रहदै आएका थिए ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता कार्कीले लामो समय नेकपा माओवादीको आन्दोलनमा भुमिगत हुदै जेल जिवन विताए पनि माओवादी भित्र बढदै गएको व्यत्तीवादी प्रवृति र गलत चिन्तनका कारण कम्युनिष्ट विचार सिद्धान्त समाप्त भएको ठहर गरि नेकपा एसमा प्रवेश गरेको बताए ।
२०३७ सालमा रघुपति जुटमिलमा भएको तीन महिने भोक हडतालको अगुवाई गरेका नेता कार्कीले गणतन्त्र र समाजवाद स्थापनाका लागि हजारौ हजार नेता कार्यकर्ता र लाखौ जनताले गरेको सधर्ष माओवादीले सत्ता प्राप्तीका लागि बिर्सेकाले आफुले अहिलको परिवेशमा नेकपा एसलाई सहि ठहर गरि प्रवेश गरेको बताए ।
नेकपा एस सुनसरीका अध्यक्ष गोविन्द निरौलाले कम्युनिष्ट आन्दोलनमा उहाँले पु¥याएको योगदानको कदर गर्दै प्रदेश कमिटीको सल्लाहकारमा जिम्मेवारी दिएर पार्टीमा उहाँलाई सम्मान गरिएको बताए ।