AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ को नाम कोशी राख्दा उपयुक्त हुन्छ : अध्यक्ष ओली

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ फाल्गुन २०७८, शनिबार १७:३४
243
Shares
विर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम कोशी राख्दा उपयुक्त हुने सुझाव दिनुभएको छ ।

प्रेस चौतारी नेपाल प्रदेश १ को विर्तामोडमा आयोजित प्रथम अधिवेशनमा उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोशी नदीको उत्पत्ति भएका कारण प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्दा उपयुक्त हुने सुझाव दिएका हुन् ।

कोशीसँग धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्पराहरु जोडिएका अध्यक्ष ओलीकोे भनाइ छ । जातजाति पछि आएकोले जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुने उनको भनाइ छ । सातवटा प्रदेशमध्ये अब प्रदेश १ को मात्रै नामाकरण हुन बाँकी छ ।

अध्यक्ष ओलीले माओवादी केन्द्र अबका केहि दिनमा सकिने समेत बताए । उनले एमसीसी संसदबाट पारित भइसकेपछि प्रचण्डले दिएको प्रतिक्रियालाई लक्षित गर्दै यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘एमसीसी पास गर्नै नहुने हो तर एमालेले सिध्याउने भो भनेर, प्रचण्डजीका कुरा सुन्छु । कहाँ एमालेले सिध्याउनू, उनले चिनामै त्यस्तो बोकेर आएका रहेछन्, त म के गरौं ।’ प्रचण्डले पार्टीको केन्द्रीय कमिटी बैठकमा एमसीसी ठीक थियो र त्यसका पक्षमा मत दियौं भन्न नसकिरहेको भन्दै आलोचना समेत गरे । केही वर्षअघि आफूले ‘पम्प’ लगाइदिएर अलि हावा भरिदिएकाले अहिलेसम्म माओवादी केन्द्र टिकेको भन्दै ओलीले भने, ‘अब पम्प हाल्न छोडेपछि त विस्तारै बेलुन सुक्दै जाँदैछ ।’

ओलीले माओवादी केन्द्रलाई मात्र नभएर एकीकृत समाजवादीप्रति पनि कटाक्ष गरे । ‘माधव नेपालको पार्टी त बनेकै छैन, बन्दै नबनी सकिन्छ’ ओलीले भने । उनले आउँदो निर्वाचनमा एमालेसँग एक्लै मैदानमा आउने आँट कसैको नरहेको समेत बताए । लोकतन्त्रका निम्ति लामो सङ्घर्ष गरेको कांग्रेसले समेत दक्षिणपन्थीको वैशाखी टेक्नु दुःखद् भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर