खबर पूर्वाञ्चल
कलेजमा अध्ययनरत १५ जना विद्यार्थीबीच भएको उक्त प्रतिस्पर्धामा कक्षा १२ की कृपा करुणा पोखरेल प्रथम भएकी छिन् । कक्षा ११ की अनु मगर दोस्रो भएकी छिन् भने कक्षा १२ का निरज चौधरी तेस्रो तथा कक्षा १२ कै प्रमिता हिङमाङले सानत्वना पुरस्कार हात पारेका छन् । प्रतियोगिताको निर्णायकमा प्रा.डा तेजनारायण मण्डल, जनक अधिकारी र कृष्णप्रसाद वस्ती रहेका थिए ।
विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन गराउने उदेश्यले शैक्षिक क्षेत्रमा कोभिड–१९ को प्रभावबारैमा वक्तृत्वकला गरिएको कलेजका प्रिन्सिपल भुवन नेपालले बताए ।