खबर पूर्वाञ्चल
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा प्रदेश १ का उपाध्यक्ष समेत रहेका उद्योगी राउतलाई मुख्यमन्त्री राईले बुधबार आफ्नो आर्थिक सल्लाहकारमा नियुक्ती गरेका हुन् ।
आर्थिक सल्लाहकार नियुक्त भएका राउतले प्रदेश १ को आर्थिक विकासका लागि मुख्यमन्त्री राईसँगको सल्लाह र परामर्शमा आफुले सकेको साथ दिने प्रतिवद्धता जनाएका छन् ।
जलविद्युत र कृषिका लागि सम्भावना बोकेको प्रदेश भएकोले त्यस क्षेत्रमा लगानी बृद्धि गर्न र देखिएका समस्या समाधान गर्न आफुले सरकारलाई आवश्यक सहयोग गर्ने सल्लाहकार राउतले बताए । प्रदेश १ मा उदाउँदो उद्योगीका रुपमा स्थापित भएका राउतले आफु कुनैपनि राजनीतिक दल नजिक नभएको दाबी गर्दै आएका थिए । राउत देशकै स्थापित उद्योगीको रुपमा चिनिन्छन् । सामाजिक क्षेत्रमा समेत उल्लेख्य भूमिका रहँदै आएका राउत स्वतन्त्र र स्वच्छ छवी भएको उद्योगीको रुपमा स्थापित रहेका छन् ।