AArya
RUMPUM
animated ellipse animated ellipse

बुढानिलकण्ठ स्कूलमा बार्षिक पूरस्कार वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ पुष २०७८, बिहीबार १८:४१
432
Shares
विराटनगर / शिक्षाक्षेत्रमा सदैब अग्रणी स्थान हासिल गर्न सफल विराटनगर – २ मा रहेको बुढानिलकण्ठ अंग्रेजी मा.वि मा वार्षिक पूरस्कार वितरण समारोहको आयोजना गरिएको छ ।

समारोहमा गत दुई शैक्षिकसत्र २०७६ तथा २०७७ को हरेक कक्षाबाट प्रथम, द्वितिय र त्रृतीय हुने विद्यार्थीहरुका साथै वर्षभरी साप्ताहिक खेलकुदमा प्रथम, द्वितिय र त्रृतीय हुने विद्यार्थीहरुलाई समेत पुरस्कार तथा प्रसंसापत्र वितरण गरिएको हो ।

शैक्षिक पूरस्कार तर्पm शैक्षिकसत्र २०७६ का लागि कक्षा नर्सरी देखि यूकेजीसम्मकै उच्चतम अंक ल्याउने छात्रा सुबास्ना श्रेष्ठलाई नगद पूरस्कार ३ हजारका साथै ट्रफी, कक्षा १ देखि ५ सम्मको उच्चतम अंक ल्याउने छात्रा स्वीकृति गुरुङलाई नगद पूरस्कार ४ हजारका साथै ट्रफी, र कक्षा ६ देखि ९ सम्मको उच्चतम अंक ल्याउने छात्रा सिरिन भट्टराईलाई नगद पूरस्कार ६ हजारका साथै ट्रफी प्रदान गरिउको छ ।

त्यस्तै शैक्षिकसत्र २०७७ का लागि कक्षा नर्सरी देखि यूकेजीसम्मकै उच्चतम अंक ल्याउने छात्रा समृद्धी गुरुङ्गलाई नगद पूरस्कार ३ हजारका साथै ट्रफी, कक्षा १ देखि ५ सम्मको उच्चतम अंक ल्याउने छात्रा सुबास्ना श्रेष्ठलाई नगद पूरस्कार ४ हजारका साथै ट्रफी, र कक्षा ६ देखि ९ सम्मको उच्चतम अंक ल्याउने छात्रा सिरिन भट्टराईलाई नगद पूरस्कार ६ हजारका साथै ट्रफी, र दुवै शैक्षिकसत्रका पूरस्कृत विद्यार्थीहरुलाई शतप्रतिशत छात्रवृत्ति, मायाको चिनो तथा प्रसंसापत्र आ–आफ्ना अविभावकका साथ स्कूलका प्रिन्सिपल मणीराज भट्टराईले प्रदान गरे ।

स्कूलमा हरेक कक्षामा प्रथम, द्वितिय र त्रृतीय हुने विद्यार्थीहरुलाई मासीक शुल्कमा व्रmमशः ७५५, ५०५ र २५५ छुट दिने ब्यवस्था पनि गरिएको छ ।
पूरस्कारकै व्रmममा स्कूलकै उत्कृष्ट छात्र उपाधी सुगम रायमाझि, उत्कृष्ट छात्राको उपाधी निस्मा राउत र उत्कृष्ट अलराउण्डरको उपाधी रेनिसा भट्टराईले प्राप्त गरेका थिए ।

हाउस तर्पm हरेक बुधवार हुने कार्यव्रmम तथा अन्य सम्पुर्ण शैक्षिक गतिविधीको आधारमा धेरै अंक प्राप्त गरेर ब्लु हाउस विजेता भएको थियो । उक्त कार्यव्रmममा स्कूलका प्रिन्सिपल मणीराज भट्टराईले पूरस्कार पाउने विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिऐ । यस संपुर्ण कार्यव्रmमको ब्यवस्थापनका साथै उद्घोषण स्कूलका सञ्चालक एवं आइसिसि प्यानल अम्पायर बुद्विबहादुर प्रधानले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर