AArya
RUMPUM
animated ellipse animated ellipse

कार्तिक १५ गतेसम्म प्रदेशसभा बैठक स्थगित भएपछि मुख्यमन्त्री आचार्यको कार्यकाल थप एक हप्ता लम्बियो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ कार्तिक २०७८, आईतवार १७:२४
1.07k
Shares
विराटनगर / सामान्यतया संसद् बैठकको कार्यसूची आएपछि बैठक बस्नैपर्ने संसदीय मान्यता र अभ्यास विपरीत प्रदेश १ को प्रदेशसभा बैठक सूचना टाँसेर कार्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रदेशसभा बैठक कार्तिक १५ गतेसम्मका लागि स्थगित भएपछि मुख्यमन्त्री भीमप्रसाद आचार्यको कार्यकाल थप एक हप्ता लम्बिएको छ ।

प्रदेशसभा सचिवालयले आज दिउँसो साढे १२ बजेदेखि प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन बैठक सुरु हुने कार्यसूची टाँस गरेको थियो ।

तर प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेले बैठक सार्न माग गरेको भन्दै प्रदेशसभा सचिवालयले दिउँसो अढाइ बजे बैठक बस्ने मिति परिवर्तन भएको सूचना टाँस गरेको छ ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार कांग्रेस र एमालेको ईच्छा अनुरूप अब प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन बैठक २०७८ कात्तिक १५ गते सोमबार दिउँसो साढे १२ बजे बस्नेछ ।

मुख्यमन्त्री आचार्यले शुक्रबारको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि पेस गरेको प्रस्तावमाथि छलफल गरी मत विभाजन प्रक्रियाद्वारा टुंगियाउने कार्यसूची थियो । मुख्यमन्त्रीले नेतृत्व गरेको दल विभाजन भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश १ प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि प्रारम्भ हुने र पहिलो बैठकमै मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल तथा मत विभाजन हुने कार्यसूची थियो ।

तर केही कांग्रेस सांसदहरूले फ्लोर क्रस गरेर मुख्यमन्त्री आचार्यलाई मत दिने सुइँको पाएपछि कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको पूर्वाञ्चल भ्रमण र एमालेले जारी पार्टी अधिवेशनलाई कारण देखाउँदै प्रदेशसभा बैठकको मिति सार्न प्रदेश सभामुख प्रदीपकुमारर भण्डारीसमक्ष माग गरेका थिए ।

सुरुमा कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बाढी पहिरो निरीक्षणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण रहेको र त्यसमा सांसदहरु सहभागी हुन पर्ने भन्दै आइतबारको बैठक स्थगित गर्नका लागि माग गरेका थिए । प्रधानमन्त्री देउवा प्रदेश १ स्थित बाढी पहिरो प्रभावित क्षेत्र निरीक्षणका लागि आएका छन् ।

त्यसपछि सत्तारुढ एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पनि पार्टीको ९ गते पालिका अधिवेशन, १० र ११ गते स्थायी कमिटी बैठक र १२ र १३ गते केन्द्रीय कमिटी बैठक भएकोले १४ गते बाटोको म्याद राखेर १५ गते बैठक बोलाउने गरी स्थगित गर्न माग गर्दै प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएका थिए ।

दुवै दलको लिखित रुपमा बैठक स्थगित गर्न माग गरेपछि सभामुख भण्डारीले सर्वदलीय बैठक बोलाएका थिए । उक्त बैठकको बेला कांग्रेस संसदीय दलको बैठक बसिरहेकोले कांग्रेस अनुपस्थित रहयो ।

बैठकपछि प्रदेश सभा सचिव पराजुलीले बैठक बस्ने मिति परिवर्तन भएको सूचना निकालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर