खबर पूर्वाञ्चल
झापामा १३६, मोरङमा ११९, सुनसरीमा १०१, धनकुटामा १०, इलाम र ते¥हथुममा ३–३, पाँचथर, भोजपुर र उदयपुरमा २–२, संखुवासभामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको भद्रपुरमा ४९, मेचीनगरमा ३३, दमकमा २१, विर्तामोडमा १८, अर्जुनधारा र हल्दिबारीमा ३–३, बुद्धशान्ति र कमल गाउँपालिकामा २–२, गौरादह, बा¥हदशी, कनकाई , झापा गाउँपालिकामा र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ५२, बेलबारीमा ३३, पथरीशनिश्चरेमा १७, सुन्दरहरैचामा ९, बुढीगंगा, लेटाङ र उर्लाबारीमा २–२, ग्रामथान र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ५२, इटहरीमा ४३, दुहवीमा ५ र इनरुवामा १, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिवासमा २, साँघुरीगढी, छथर र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिका, देउमाई र स्थानीय तह नखुलेका १–१, ते¥हथुममा म्याङलुङमा १ र स्थानीइ तह नखुलेका २, पाँचथरमा २, भोजपुरको भोजपुर नगरपालिकामा २, उदयपुरको उदयपुरगढीमा २, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरो सोहि अवधिमा २२७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ९५४ रहेको छ । त्यस्तै प्रदेश १ मा १० जना संक्रमितको मृत्यु भएको छ । मृतकको संख्या १३७७ पुगेको छ । जस्मा ४०८ महिला र ९६९ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा मोरङ, झापा, ओखलढुंगा र सुनसरीका २–२ जना तथा इलाम र धनकुटा स्थायीघर भएका १–१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
विराटनगरकाने कोशी कोभिड उपचार केन्द्रमा ४ जना तथा धरानको विपि कोइराला विज्ञान प्रतिष्ठान र जिल्ला अस्पताल ओखलढुंगामा २–२ जना , जिल्ला अस्पताल धनकुटा र जिल्ला अस्पताल इलाममा १–१,संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।